क्वारेन्टाइन नहुँदा राजश्व सङ्कलनमा कमी « Khabarhub

क्वारेन्टाइन नहुँदा राजश्व सङ्कलनमा कमी


११ फाल्गुन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कैलाली- कैलालीको टीकापुर नगरपालिका–९ खक्रौलास्थित सत्ती भन्सार कार्यालयमा क्वारेन्टाइन नहुँदा राजश्व सङ्कलनमा कमी आएको छ । सो नाकाबाट अधिकांश कृषि तथा पशुजन्य सामग्री आयात हुने गर्दछ ।

क्वारेन्टाइन नहुँदा राजश्व सङ्कलनमा कमी हुने गरेको कार्यालय प्रमुख रामचन्द्र ढकालले जानकारी दिए ।

उनका अनुसार आर्थिक वर्ष २०७६/७७ मा सात करोड २९ लाख ७७ हजार राजश्व सङ्कलन गर्ने लक्ष्य राखेको भए पनि विगत तीन महिनाको अवस्था हेर्दा असुली रकम न्यून छ ।

कार्यालयले मङ्सिरमा ५८ लाख लक्ष्य राखेकामा रु ४७ लाख, पुसमा रु ५६ लाख राखेकामा रु ३८ लाख र माघमा रु ५४ लाख लक्ष्य राखेकामा रु ३७ लाख मात्र राजश्व सङ्कलन गरेको छ ।

यस क्षेत्रमा आयात गर्ने सामग्री घरायसी प्रयोजनको हुने भएकाले न्यून हुँदै गएको उहाँ बताउनुहुन्छ । “क्वारेन्टाइन भइदिएको भए पशुजन्य वस्तुको पनि आयात बढ्ने थियो । दैनिक उपभोग्य वस्तुको यहाँ धेरै माग छ तर क्वारेन्टाइन नभएकै कारण ल्याउँदा सीमित मात्रामा ल्याउनुपर्ने यहाँका व्यापारीको बाध्यता छ ।”

कार्यालय प्रमुख ढकाल भन्छन्, ‘क्वारेन्टाइन नहुँदा स्थानीय बासिन्दा पनि विवाह, भोज, पूजा आदिका नाममा सामान ओसार्ने गर्दछन् । यिनलाई कडाइ गर्न पनि सकिएको छैन । राजश्व सङ्कलनमा पनि घाटा भएको छ ।’

यहाँ रहेको क्वारेन्टाइन जाँचचौकी सशस्त्र द्वन्द्वको समयमा विस्थापित भएको हो । सो कार्यालय पुनःस्थापना गर्न यहाँका नागरिकले माग गर्दै आएका छन् ।

क्वारेन्टाइनको जाँचका लागि भौतिक संरचनाको अभाव छैन । कर्मचारी र जाँचका लागि उपकरण नहुँदा समस्या हटाउन पशुपक्षी विकास मन्त्रालयमा माग गरेको उनले बताए ।

टीकापुर नगरपालिकाका प्रमुख तपेन्द्रबहादुर रावलले आफूहरुले प्रदेश र केन्द्र सरकारका साथै पशुपक्षी विकास मन्त्रालयमा यस भन्सारलाई प्राथमिकतामा पार्न अनुरोधसहित माग पेश गरेको जानकारी दिए ।

प्रकाशित मिति : ११ फाल्गुन २०७६, आइतबार  ८ : २४ बजे

शक्तिशाली भूकम्पका परकम्पपछि पानामामा सङ्कटकाल घोषणा

काठमाडाैं – शक्तिशाली भूकम्पपछि लगातार आएका परकम्पले बस्ती हल्लाएसँगै पानामा

इरान र ओमानद्वारा क्षेत्रीय शान्ति र स्थिरताप्रति प्रतिबद्धता

तेहरान – इरानका राष्ट्रपति मसूद पेजेसिकयान र ओमानका सुल्तान हैथम

‘पुरानै ढर्राले अब पार्टी चल्दैन’ : ८१ वर्षे कांग्रेस प्रतिनिधि शोभाचन्द्र बराल

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा कास्की क्षेत्र नं. २

तालबाराही मन्दिर तीन वर्षपछि भक्तजनका लागि खुला

कास्की– पोखराको प्रमुख धार्मिक तथा पर्यटकीय गन्तव्य फेवातालको मध्यभागमा अवस्थित