छायाँ मन्त्रीहरुलाई देउवाको निर्देशन– मन्त्रालयमा हुने भ्रष्टाचारको सुक्ष्म अध्ययन गर्नुहोस् « Khabarhub

छायाँ मन्त्रीहरुलाई देउवाको निर्देशन– मन्त्रालयमा हुने भ्रष्टाचारको सुक्ष्म अध्ययन गर्नुहोस्


११ फाल्गुन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति एवम् संसदीय दलका नेता शेरबहादुर देउवाले मन्त्रालयमा हुने सबै प्रकारका भ्रष्टाचारजन्य गतिविधिको सुक्ष्म ढंगले अध्ययन गर्न निर्देशन दिएका छन् ।

सरकारका कामकारबाहीको निगरानी गर्न भनेर गठन गरिएको छायाँ सरकारको पहिलो बैठकलाई आइतबार सम्बोधन गर्दै देउवाले मन्त्रालयमा हुने सबै प्रकारका भ्रष्टाचारको सुक्ष्म ढंगले अध्ययन गर्न छायाँ मन्त्रीहरुलाई निर्देशन दिएका हुन् ।

प्रमुख प्रतिपक्षी कांग्रेसले गत जेठ ६ गते संघीय सरकारका २१ वटै मन्त्रालय हेर्ने गरी छायाँ सरकार गठन गरेको थियो ।

यद्यपि छायाँ सरकारको वैठक भने करिब ९ महिना पछि मात्रै बसेको हो । आइतबार सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा बसेको  बैठकमा मन्त्रालयगत जिम्मेवारी पाएका सांसद (छायाँ मन्त्री)हरुले आ–आफ्नो प्रतिवेदन सभापति देउवालाई बुझाएका थिए ।

छायाँ मन्त्रीहरुको प्रतिवेदन बुझ्दै देउवाले सरकारले नीतिगत रुपमा ल्याउने विधेयकमा चनाखो रुपमा सहभागिता जनाउने र पार्टीगत धारणा राख्न निर्देशन समेत दिए ।

प्रकाशित मिति : ११ फाल्गुन २०७६, आइतबार  २ : १० बजे

‘डिजिटल त्रिवि’देखि ‘रिसर्च युनिभर्सिटी’सम्म : के–के हुँदैछन् नयाँ काम ?

काठमाडौँ- त्रिभुवन विश्वविद्यालयले आफ्नो प्रशासनिक, शैक्षिक तथा प्राज्ञिक संरचनालाई समयानुकूल

पोखरा-भरतपुर-लुम्बिनीबीच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल

पाेखरा- देशका मुख्य पर्यटकीय गन्तव्य पोखरा, भरतपुर र लुम्बिनीलाई समेटेर

पोखरामा दसैँका लागि भेडाच्याङग्रा बिक्री गर्न हाटबजार सञ्चालन

कास्की– बडासैँलाई लक्षित गरी पोखरामा १४ हजार ८०० भेडाच्याङ्ग्रा भित्रिएका

सभामुख अर्याल आज स्वदेश फर्किँदै

काठमाडौँ– प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्याल अन्तरव्यवस्थापिका संघ (आईपीयू) को १५३औँ

धार्मिक पर्यटकीय गन्तव्य बन्दै भोजपुरको ‘महादेव थान’

भोजपुर– भोजपुरको हतुवागढी गाउँपालिका–१ स्थित कावा खोलाको किनारमा रहेको ऐतिहासिक