कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या १४ हजार ६ सय नाघ्यो « Khabarhub

कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या १४ हजार ६ सय नाघ्यो

पछिल्लो २४ घण्टामा १६ सयले ज्यान गुमाए, ३१ हजार बढी संक्रमित


१० चैत्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- विश्वव्यापी महामारीका रुपमा फैलिएको  कोरोना भाइरसको सङ्क्रमणका कारण विश्वभर ज्यान गुमाउनेको संख्या १४ हजार ६ सय १३ पुगेको छ ।

कोरोनाको संक्रमणका कारण पछिल्लो २४ घण्टामा १६ सयले ज्यान गएसँगै ज्यान गुमाउनेको संख्या १४ हजार ६ सय १३ पुगेको हो ।

चीनको वुहानबाट शुरु भएको कोरोनाको संक्रमण अहिले इटाली, अमेरिका, स्पेन, जर्मनी, इरान लगायतका मुलुकमा बढ्दो क्रममा देखिएको छ ।

इटालीमा पछिल्लो २४ घण्टामा ६ सय ५१ जनाले ज्यान गुमाएका छन् । त्यहाँ ज्यान गुमाउनेको संख्या ५ हजार ४७६ पुगेको छ । त्यहाँ ५९ हजार १३८ जना सङ्क्रमित छन् ।

अमेरिकामा पछिल्लो २४ घण्टामा ११४ जनाले ज्यान गुमाएका छन् । हालसम्म अमेरिकामा ज्यान गुमाउनेको संख्या ४ सय १५ पुगेको छ ।

संसारभर अहिलेसम्म तीन लाख ३५ हजार ५११ जना सङ्क्रमित भएकोमा ९७ हजार ६३७ जना उपचारपछि निको भएका छन् ।

कोरोनाको सङ्क्रमण बढ्दै गएपछि जर्मनीले दुई जना भन्दा बढी व्यक्ति भेला हुन प्रतिबन्ध लगाएको छ ।

यसैबीच अमेरिकाको अबको केही दिनभित्रै अत्यावश्यक मेडिकल इक्इप्मेन्ट (स्वास्थ्य सामग्री) को अभाव हुने त्यहाँको मेयरले चेतावनी दिएका छन् ।

तत्काल व्यवस्था हुन नसके अहिलेको सामग्री १० दिन भन्दा बढी नथेग्ने र अझ धेरै मानिसको मृत्यु हुन सक्ने मेयर बिल डी ब्लासिओले चेतावनी दिएका हुन् ।

ब्लासिओका अनुसार तत्कालै अत्यावश्यक सामग्रीको व्यवस्था गर्न जरुरी छ । भेन्टिलेटर पनि उपलब्ध नहुने अवस्था सृजना नहुने अवस्था आउन नदिन अहिलेबाटै तयारी गर्न आवश्यक छ ।

न्यूयोर्क राज्य अमेरिकामा कोरोना भाइरस संक्रमणको इपिसेन्टर बनेको छ । अमेरिकामा कोरोनाबाट संक्रमित हुनेमध्ये झण्डै आधा मानिसहरु त्यहीको भएको बताइएको छ ।

प्रकाशित मिति : १० चैत्र २०७६, सोमबार  ६ : ०२ बजे

संसदीय सुनुवाइ समितिको बैठक बस्दै, आयोगको प्रमुख आयुक्तमा प्रस्तावित कार्कीको सुनुवाइ हुने

काठमाडौँ– सङ्घीय संसद अन्तर्गत रहेको संसदीय सुनुवाइ समितिको बैठक आज

आज विश्व बाघ दिवस मनाइँदै, बाघ गणनाको पछिल्लो संख्या सार्वजनिक गरिँदै

काठमाडौँ– आज विश्व बाघ दिवस मनाइँदै छ । प्रत्येक वर्ष

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दै, नेता श्रेष्ठको निधनमा शोक प्रस्ताव पारित गर्ने

काठमाडौँ– नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आज बस्दैछ ।

विश्वकप लिग-२ : खराब लयमा रहेको नेपाल आज नेदरल्यान्ड्ससँग भिड्दै

काठमाडौँ – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्समा जारी त्रिकोणात्मक

यी प्रदेशका केही स्थानमा ठूलो वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल