अमेरिकामा कोरोनाका कारण ४ सय बढीको मृत्यू, एकै दिन ८ हजार ५ सय बढी संक्रमित « Khabarhub

अमेरिकामा कोरोनाका कारण ४ सय बढीको मृत्यू, एकै दिन ८ हजार ५ सय बढी संक्रमित


१० चैत्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अमेरिका- विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण अमेरिकामा बढ्दो रुपमा देखिएको छ ।

अमेरिकामा पछिल्लो २४ घण्टामा ११४ जनाले ज्यान गुमाएका छन् । हालसम्म अमेरिकामा ज्यान गुमाउनेको संख्या ४ सय १५ पुगेको छ ।

एकैदिन अमेरिकामा ८ हजा ५ सय ७६ नयाँ संक्रमित थपिए सँगै अमेरिकामा हालसम्म संक्रमितको स‌ख्या ३२ हजार ७ सय ७८ पुगेको छ ।

अमेरिकामा १ सय ७८ जना उपचारपछि निको भएका छन् भने ३२ हजार १ सय ८९ जना उपचाररत छन् । ७ सय ९५ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।

चीनको वुहानबाट शुरु भएको कोरोनाको प्रभाव हालसम्म विश्वका १ सय ९२ मुलुकमा फैलिएको छ भने विश्वभर ज्यान गुमाउनेको संख्या १४ हजार ६ सय १३ पुगेको छ ।

कोरोनाको संक्रमणका कारण पछिल्लो २४ घण्टामा १६ सयले ज्यान गएसँगै ज्यान गुमाउनेको संख्या १४ हजार ६ सय १३ पुगेको हो।

संसारभर अहिलेसम्म तीन लाख ३५ हजार ५११ जना सङ्क्रमित भएकोमा ९७ हजार ६३७ जना उपचारपछि निको भएका छन् ।

प्रकाशित मिति : १० चैत्र २०७६, सोमबार  ६ : २६ बजे

मुस्ताङ भन्सारबाट एघार अर्बको समान निकासी पैठारी

मुस्ताङ– कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयबाट ११ अर्ब एक करोड

बंगलादेश प्रिमियर लिग : सन्दीपको टिमले आज पहिलो खेल खेल्दै

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल)मा आबद्ध भएका नेपाली लेग

ज्येष्ठ नागरिक दिवस : विभिन्न कार्यक्रमका साथ मनाइँदै

काठमाडौं–  ‘हाम्रो साझा अभियानः ज्येष्ठ नागरिकप्रति श्रद्धा र सम्मान’ भन्ने

महाधिवेशन विवाद : कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

ललितपुर – महाधिवेशनको विवाद फेरि चर्किदै गएको नेपाली कांग्रेसको केन्द्रीय

मुग्लिनमा आजदेखि सुन्तला महोत्सव तथा फुड फेस्टिबल

मुग्लिन– आजदेखि दोस्रो इच्छाकामना सुन्तला महोत्सव तथा ‘फुड फेस्टिबल’ सुरु