आजबाट भारत र चीनतर्फका सीमा नाका बन्द, ढुवानी भने नरोकिने « Khabarhub

आजबाट भारत र चीनतर्फका सीमा नाका बन्द, ढुवानी भने नरोकिने


१० चैत्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- विश्वव्यापी रुपमा फैलिकएको कोरोना भाइरसको संक्रमण रोक्न नेपालले आजबाट दुवै छिमेकी मुलुक चीन र भारततर्फका सबै सीमा नाक बन्द गर्ने भएको छ ।

आइतबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले आज बिहान १० बजेदेखि लागू हुनेगरी दुवै छिमेकी देशका सबै नाका बन्द गर्ने निर्णय गरेको हो ।

छिमेकी नाकाबाट यात्रु आवागमन एक हप्ताका लागि बन्द गर्ने निर्णय भएको सरकारका प्रवक्ता युवराज खतिवडाले जानकारी दिए । उनले सीमा वारपारको ढुवानी भने नियमित हुने बताए ।

उनले भने, ‘यो अहिले तत्कालका लागि लिइएको निर्णय हो । लामो समय रोक्नुपर्ने स्थिति आएमा दुई पक्षीय वार्ताबाट निर्णयमा पुग्नेछौ ।’

उनले एक देशको संक्रमण अर्को देशमा नफैलियोस् भनेर छिमेकी देशकोसमेत हितलाई ध्यानमा राख्दै यस्तो निर्णय गरिएको बताए ।

कोरोना सङ्क्रमण विरुद्ध लड्नका लागि सरकारले केन्द्रीय राहत कोषकोे स्थापना गरेको छ ।

कोषमा सरकारले ५० करोड रुपैयाँ राख्ने भएको छ । त्यसैगरी संघीय सरकारका मन्त्रीहरुको एक महिनाको तलब पनि कोषमा जम्मा गर्ने निर्णय भएको छ ।

सरकारले कोषमा सहयोग गर्न अन्य सबैलाई आह्वान समेत गरेको छ ।

प्रकाशित मिति : १० चैत्र २०७६, सोमबार  ८ : १९ बजे

कप्तानगञ्ज घटना राज्य प्रायोजित आतंक हो : नेकपा

काठमाडौँ – नेपाली कम्युनिष्ट पार्टीले सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको

सुनसरी घटनाले सरकारको अयोग्यता प्रष्ट पार्यो: योगेश भट्टराई

काठमाडौँ – नेकपा (एमाले) का उपमहासचिव योगेश भट्टराईले सुनसरीमा घटेको

सर्वदलीय बैठक सिंहदरबारमा सुरु (तस्बिर)

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आह्वानमा सर्वदलीय बैठक सिंहदरबारमा

आइसीसी एकदिवसीय विश्वकप छनोट : १२ टोलीले मात्रै ‘सुपर १२’ खेल्ने

काठमाडौँ – अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसीसी) ले सन् २०२७ मा

संसदीय सुनुवाइ समितिको बैठक बस्दै, आयोगको प्रमुख आयुक्तमा प्रस्तावित कार्कीको सुनुवाइ हुने

काठमाडौँ– सङ्घीय संसद अन्तर्गत रहेको संसदीय सुनुवाइ समितिको बैठक आज