‘कोरोना राहत कोष’मा एक करोड सहयोग गर्ने व्यवसायी चौधरीको घोषणा « Khabarhub

‘कोरोना राहत कोष’मा एक करोड सहयोग गर्ने व्यवसायी चौधरीको घोषणा


१० चैत्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कोरोना भाइरस महामारी नियन्त्रणका लागि सरकारले स्थापना गरेको राहत कोषमा बसन्त चौधरीले एक करोड सहयोग गर्ने घोषणा गरेका छन्।

उनले नर्भिक अस्पताल र बसन्त चौधरी फाउन्डेसनको तर्फबाट एक करोड सहयोग गर्ने घोषणा गरेका हुन्।

‘कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि घोषणा गरिएको ‘कोरोना कोष’मा नर्भिक र बसन्त चौधरी फाउन्डेसनको तर्फबाट सहयोगस्वरुप ५० लाख नगद र ५० लाख बराबरको जरुरी मेडिकल सप्लाइज उपलब्ध गराइने घोषणा गर्दछु,’ बसन्त चौधरीले ट्‍वीटरमा उल्लेख गरेका छन्।

सरकारको कोरोना राहत कोषमा गैर आवासीय नेपाली संघले पनि एक करोड सहयोग गर्ने घोषणा गरिसकेको छ।

आइतबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले ५० करोडको आकस्मिक कोष स्थापना गर्ने निर्णय गर्दै सहयोग गर्न सबैलाई आह्वान समेत गरेको छ ।

प्रकाशित मिति : १० चैत्र २०७६, सोमबार  ८ : ४३ बजे

जलजला बाढीपहिरो प्रभावितलाई प्रवासीबाट साढे सात लाखभन्दा बढी सहयोग

म्याग्दी- पछिल्लो मनसुनजन्य विपद्बाट प्रभावित पर्वतको जलजला गाउँपालिकालाई अस्ट्रेलियामा रहेका

महाअष्टमीमा सुदूरपश्चिमकै प्रसिद्ध उग्रतारा भगवती मन्दिरमा भक्तजनको घुइँचो

डडेलधुरा – महाअष्टमी पर्वका अवसरमा सुदूरपश्चिमकै प्रसिद्ध धार्मिक शक्तिपीठ उग्रतारा

चङ्गा : अन्तर्राष्ट्रिय खेल पर्यटनदेखि दसैँको उत्सवसम्म

दसैँको सिजन आउँदा सहरका घरका छतहरूबाट चङ्गा उडाउने दृष्य अब

कञ्चनपुरको गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ड्युटी: सीमापार अपराध रोक्न कडा सुरक्षा कडाइ

महेन्द्रनगर – नेपाल-भारत सीमावर्ती क्षेत्रमा हुनसक्ने आपराधिक गतिविधि, लागूऔषध ओसारपसार

दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन

नुवाकोट – गत भदौ १० गते भोटेकोशीको बाढीले नुवाकोटको विदुर