‘कोरोना राहत कोष’मा एक करोड सहयोग गर्ने व्यवसायी चौधरीको घोषणा « Khabarhub

‘कोरोना राहत कोष’मा एक करोड सहयोग गर्ने व्यवसायी चौधरीको घोषणा


१० चैत्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कोरोना भाइरस महामारी नियन्त्रणका लागि सरकारले स्थापना गरेको राहत कोषमा बसन्त चौधरीले एक करोड सहयोग गर्ने घोषणा गरेका छन्।

उनले नर्भिक अस्पताल र बसन्त चौधरी फाउन्डेसनको तर्फबाट एक करोड सहयोग गर्ने घोषणा गरेका हुन्।

‘कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि घोषणा गरिएको ‘कोरोना कोष’मा नर्भिक र बसन्त चौधरी फाउन्डेसनको तर्फबाट सहयोगस्वरुप ५० लाख नगद र ५० लाख बराबरको जरुरी मेडिकल सप्लाइज उपलब्ध गराइने घोषणा गर्दछु,’ बसन्त चौधरीले ट्‍वीटरमा उल्लेख गरेका छन्।

सरकारको कोरोना राहत कोषमा गैर आवासीय नेपाली संघले पनि एक करोड सहयोग गर्ने घोषणा गरिसकेको छ।

आइतबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले ५० करोडको आकस्मिक कोष स्थापना गर्ने निर्णय गर्दै सहयोग गर्न सबैलाई आह्वान समेत गरेको छ ।

प्रकाशित मिति : १० चैत्र २०७६, सोमबार  ८ : ४३ बजे

विद्युतीय प्रसारण लाइनको तार मुनीको जग्गाको कित्ताकाट गर्न पाइने

काठमाडौं – सरकारले विद्युतीय प्रसारण लाइनको तार मुनी पर्ने जग्गाको

ज्येष्ठ नागरिक समाजका अमूल्य धरोहर : मुख्यमन्त्री आचार्य

लुम्बिनी– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले ज्येष्ठ नागरिक समाजका अमूल्य

आईसीसी वरीयतामा बुमराहको छलाङ : कुन खेलाडी कहाँ छन् ?

काठमाडौं – अन्तर्राष्ट्रिय क्रिकेटको वरीयतामा भारतीय खेलाडी सधैँ अगाडि छन्।

मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु

चितवन– मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा

४७ वर्षको जटिलता ४७ दिनमै अन्त्य, जेन-जी सरकारबाट स्वास्थ्य क्षेत्रमा ऐतिहासिक पहल

सिरहा– अस्पतालको काम बिरामीको उपचार गर्नु हो, तर लहानको रामकुमार