कोरोना भाइरस परीक्षणमा अमेरिकाले पायो ठूलो सफलता « Khabarhub

कोरोना भाइरस परीक्षणमा अमेरिकाले पायो ठूलो सफलता


१० चैत्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अमेरिका– कोरोना भाइरसका कारण विश्वमा १४ हजार ६ सय ८६ जनाले ज्यान गुमाइसकेका छन् भने ३ लाख ३८ हजारमा संक्रमण देखिएको छ ।

विश्वमा महामारीको रुपमा फैलिएको कोरोनाको लक्षण रुघाखोकीसँग मिल्दो जुल्दो भएका कारण मानिसमा रोग पहिचानलाई लिएर त्रास उत्पन्न भएको छ । त्यस्तै कोरोना संक्रमण परीक्षणमा ढिलाइ र लाग्ने समयका कारण भाइरस तिव्र गतिमा फैलिरहेको छ ।

कोरोना भाइरस विरुद्धको औषधि र भ्याक्सिन पत्तालगाउन लागि वैज्ञानिकहरु लागिरहेका छन् तर सम्भव भइसकेको छैन ।

यसैबीच कोरोना संक्रमणको परीक्षणलाई चाँडो गर्न अमेरिकाले नयाँ तरीका निकालेको छ ।

कोरोनाको प्रकोप बढेपछि अमेरिकाको खाद्य तथा औषधि विभाग(एफडी) ले एक घन्टा भन्दा थोरै समयमा संक्रमण रहेको छ वा छैन पत्ता लगाउन अनुमति दिएको छ ।

एफडीले ४५ मिनेटमा कोरोनाभाइरसको परीक्षण विधी उपयोग गर्न अनुमति दिएको हो । कोरोनाको संक्रमण छ वा छैन भन्ने नतिजा आउन अहिले केही घन्टा लाग्ने गरेको छ ।

यो परीक्षण विधिलाई सेफेड भन्ने कम्पनीले पत्ता लगाएको हो र उसलाई एफडीले स्वीकृति दिएको छ ।

यससँगै अमेरिकाको क्यालिफोर्निया बाहेकका राज्यमा यस प्रविधिलाई पु¥याउने काम भइरहेको अमेरिकी सञ्चारमाध्यमहरुले जनाएका छन् ।

प्रकाशित मिति : १० चैत्र २०७६, सोमबार  ९ : ४३ बजे

किसानको आयआर्जन बढाउन सत्यवतीमा पशुपालन प्रोत्साहन कार्यक्रम

गुल्मी– सत्यवती गाउँपालिकाले पालिकाभित्र गाईपालन गर्ने किसानलाई  प्रोत्साहन तथा अनुदान

बिजुलीको महसुल घटाउने ऊर्जा मन्त्रालयको तयारी

काठमाडौं– सरकारले वर्षायाममा उत्पादन हुने अतिरिक्त विद्युत्को आन्तरिक खपत बढाउने

विमल इलायचीको विज्ञापन विवादमा शाहरुख, अजय र टाइगर, एफडीएले माग्यो १५ दिनभित्र स्पष्टीकरण

मुम्बई– बलिउडका तीन ठूला स्टार शाहरुख खान, अजय देवगन र टाइगर

सूर्य थापालाई रोस्ट गरेपछि तनावमा कमेडियन, भन्छन् – धम्कीले कोठाबाहिर निस्किन सकिनँ

काठमाडौं – कमेडीका नाममा ठाडो रोस्ट गर्ने प्रवृतिलाई निरन्तरता दिँदै

इमरान भेट्न जेल पुगे बहिनी र पत्नी, उपचारका लागि अस्पताल सार्न सर्वोच्चको आदेश

इस्लामावाद- पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानसँग उनकी बहिनी नोरीन नियाजी र