विप्लवका दाई जयन्तसहित ललितपुरबाट ६ जना पक्राउ « Khabarhub

विप्लवका दाई जयन्तसहित ललितपुरबाट ६ जना पक्राउ


१० चैत्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जावलाखेल– प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव नेत्रबिक्रम चन्द (विप्लव)का दाई जयन्द चन्दसहित ६ जना फत्राउ परेका छन् ।

महानगरीय प्रहरी परिसर ललितपुरको टोलीले ललितपुरको जावलाखेल आसपास क्षेत्रबाट ६ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा विप्लवका दाई जयन्त चन्दसहित विनोद चन्द, अलिन पुन, कृष्ण थापामगर, कमल सुनुवार र प्रेम केसी छन् ।

विप्लवका दाई जयन्त चन्द प्रतिबन्धित नेकपाको नेपाल गणतान्त्रिक खेलकुद महासंघका केन्द्री अध्यक्ष हुन् ।

महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) टेकप्रसाद राईले पूर्व सूचनाका आधारमा परिसरबाट खटिएको विशेष टोलीले ६ जनालाई पक्राउ गरेको बताए ।

तर, उनीहरुको साथबाट कुनै हातहतियार भने बरामद नभएको एसएपी राईको भनाइ छ । ‘केही कागजातहरु बरामद भएका छन्, हतियार बोकेको देखिएन,’ एसएसपी राईले भने, ‘अहिले थप अनुसन्धान भइरहेको छ ।’

प्रकाशित मिति : १० चैत्र २०७६, सोमबार  १० : ०२ बजे

चङ्गा : अन्तर्राष्ट्रिय खेल पर्यटनदेखि दसैँको उत्सवसम्म

दसैँको सिजन आउँदा सहरका घरका छतहरूबाट चङ्गा उडाउने दृष्य अब

कञ्चनपुरको गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ड्युटी: सीमापार अपराध रोक्न कडा सुरक्षा कडाइ

महेन्द्रनगर – नेपाल-भारत सीमावर्ती क्षेत्रमा हुनसक्ने आपराधिक गतिविधि, लागूऔषध ओसारपसार

दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन

नुवाकोट – गत भदौ १० गते भोटेकोशीको बाढीले नुवाकोटको विदुर

१२ शय्याबाट सुरु भएको यात्रा: करोडौँको दृष्टि परीक्षण र लाखौँ शल्यक्रिया

काठमाडौँ – कुनै समय पूर्वी नेपालका नागरिकलाई आँखामा सामान्य समस्या

चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान

चितवन – बडादसैँका अवसरमा चितवनमा यस वर्ष ३० करोड रुपैयाँभन्दा