विप्लवका दाई जयन्तसहित ललितपुरबाट ६ जना पक्राउ « Khabarhub

विप्लवका दाई जयन्तसहित ललितपुरबाट ६ जना पक्राउ


१० चैत्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जावलाखेल– प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव नेत्रबिक्रम चन्द (विप्लव)का दाई जयन्द चन्दसहित ६ जना फत्राउ परेका छन् ।

महानगरीय प्रहरी परिसर ललितपुरको टोलीले ललितपुरको जावलाखेल आसपास क्षेत्रबाट ६ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा विप्लवका दाई जयन्त चन्दसहित विनोद चन्द, अलिन पुन, कृष्ण थापामगर, कमल सुनुवार र प्रेम केसी छन् ।

विप्लवका दाई जयन्त चन्द प्रतिबन्धित नेकपाको नेपाल गणतान्त्रिक खेलकुद महासंघका केन्द्री अध्यक्ष हुन् ।

महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) टेकप्रसाद राईले पूर्व सूचनाका आधारमा परिसरबाट खटिएको विशेष टोलीले ६ जनालाई पक्राउ गरेको बताए ।

तर, उनीहरुको साथबाट कुनै हातहतियार भने बरामद नभएको एसएपी राईको भनाइ छ । ‘केही कागजातहरु बरामद भएका छन्, हतियार बोकेको देखिएन,’ एसएसपी राईले भने, ‘अहिले थप अनुसन्धान भइरहेको छ ।’

प्रकाशित मिति : १० चैत्र २०७६, सोमबार  १० : ०२ बजे

बर्दियामा यसरी भइरहेको छ बाघ गणना

बर्दिया- प्रत्येक चार/चार वर्षमा हुने बाघ गणना यति वेला बर्दिया

खुम्बु ल्होसार कप फुटबल माघ अन्तिम साता

काठमाडौं – महेन्द्र ज्योति पूर्वविद्यार्थी मञ्च, फराकको आयोजनामा १५औँ खुम्बु

राति देशका उच्च पहाडी तथा हिमाली भेगमा हिमपात-वर्षाको सम्भावना

काठमाडौँ । आज राति देशका विभिन्न स्थानमा हिमपात तथा वर्षा

विदेश पठाउने भन्दै २८ लाख ठगी गर्ने तीनजना पक्राउ

काठमाडौँ – वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश

करिब १७ लाख रुपैयाँबराबरको चाँदीसहित एक जना पक्राउ

काठमाडौँ– नेपाल प्रहरीले नागढुङ्गाबाट चाँदीसहित एकजनालाई पक्राउ गरेको छ। प्रहरी