कोरोना भाइरसबिरुद्ध भक्तपुरमा महाअभियान सञ्चालन हुँदै | Khabarhub Khabarhub

कोरोना भाइरसबिरुद्ध भक्तपुरमा महाअभियान सञ्चालन हुँदै


१० चैत्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर – कोभिड १९ (कोरोना भाइरस) को सम्भावित जोखिमलाई नियन्त्रण गर्न ‘उपत्यका नगरपालिका फोरम’ले ‘कोरोनाविरुद्धको महाभियान’ सञ्चालन गर्ने भएको छ ।

दुई महानगरपालिका र १६ नगरपालिकाको संयुक्त संस्थाका रुपमा रहेको सो फोरमको भक्तपुरमा भएको आकस्मिक बैठकले कोरोना भाइरसबिरुद्ध महाअभियान सञ्चालन सहित १० बुँदे साझा अवधारणा सार्वजनिक गरेको छ ।

फोरमका सचिव एवं मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले कोरोना भाइरसको जोखिम विरुद्ध उपत्यकाका सबै नगरपालिकाले एकजुट भएर कार्य गर्ने निर्णय भएको जानकारी दिए ।

‘अहिले उपत्यकाका १८ वटै नगरले संयुक्त रुपमा सो भाइरसको जोखिम विरुद्धको महाअभियान सञ्चालन गर्ने निर्णय गरेका छौँ, यसका लागि सबै नगरपालिका एक ठाउँमा उभिएका छौँ,’ उनले भने।

सबै नगरपालिकाले आफ्ना नगरपालिकामा सो भाइरसबाट जोगिने उपायसहितका सकारात्मक सन्देश आम नगरवासीमा प्रवाह गर्ने भएका छन् ।

कोरोना भाइरसको आशङ्का भएका बिरामीका लागि निगरानी कक्ष( क्वारेन्टाइन) को व्यवस्था नगरपालिकाले गर्ने छन् ।

यसका लागि आआफ्नो नगरपालिका क्षेत्रभित्र रहेका स्कूल, कलेज, होटल तथा गेष्टहाउस र सामुदायिक भवनलगायतलाई अस्थायी क्वारेन्टाइन बनाउने जनाइएको छ ।

बैठकले क्वारेन्टाइनमा रहने स्वास्थ्यकर्मी पूर्ण सुरक्षित रहने गरी सहयोगको व्यवस्थापन गर्ने, सरकारले तोकेको उपचार केन्द्रमा पठाउने र आवश्यक परेमा थप उपचार केन्द्र बनाउन सङ्घीय सरकारलाई आग्रह गर्दै आवश्यक सहयोग नगरपालिकाले गर्ने निर्णय गरेको छ ।

सबै नगरपालिकाले आ-आफ्नो नगरक्षेत्रमा भीडभाड हुने ठाउँमा पानी ट्याङ्की र साबुन राखेर हात धुने व्यवस्था गर्ने जनाएका छन् ।

बजार अनुगमनलाई तीव्रता दिने निर्णय बैठकले गरेको छ । बजार अनुगमनमा क्रममा कालोबजारी गरेको, अत्यावश्यक सामान लुकाएको पाइएमा नगरपालिका आफैँले कारवाही गर्ने र थप कारवाही आवश्यक भए सङ्घीय सरकारलाई आग्रह गर्ने बैठकले निर्णय गरेको छ ।

कोभिड–१९ को बारेमा सङ्घीय सरकार एवं विश्व स्वास्थ्य सङ्गठनले जारी गरेको सूचना एवं सन्देशलाई मात्रै आधिकारिक मानेर ग्रहण गर्न समेत बैठकले आग्रह गरेको छ ।

त्यसैगरी स्थानीय तह बन्द नगर्ने तर अत्यावश्यकबाहेकका सबै सेवा बन्द गर्ने, स्वास्थ्य संस्था बन्द नगर्ने बैठकले निर्णय गरेको छ ।

घरमा रहेका कर्मचारी आवश्यक पर्दा एक घण्टाभित्र नगरपालिकामा आउन सक्ने अवस्थामा राख्ने ,जनप्रतिनिधि सेल्फ क्वारेन्टाइनमा बस्ने, आमनगरवासीलाई अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन, सेल्फ क्वारेन्टाइनमा बस्न निर्देशन दिने र जनप्रतिनिधिले अत्यावश्यकबाहेक सम्पूर्ण भेटघाट बन्द गर्नेजस्ता निर्णय गर्दै साझा अवधारणा सार्वजनिक गरेको फोरमका सचिव श्रेष्ठले जानकारी दिए ।

प्रकाशित मिति : १० चैत्र २०७६, सोमबार  ११ : ११ बजे

सुक्खा पहिरोले जयपृथ्वी राजमार्ग अवरूद्ध

बझाङ । बझाङको जयपृथ्वी राजमार्गमा सुक्खा पहिरो जाँदा सडक अवरूद्ध

भारतीय वायुसेनाको प्रदर्शनमा गर्मीका कारण पाँच जनाको मृत्यु

नयाँदिल्ली – दक्षिणी भारतीय सहर चेन्नाईमा भारतीय वायुसेना ९आइएएफ० को

पाकिस्तानमा आतंककारीको हिंसा बढ्दै

काठमाडौं – सन् २०२४ को तैस्रो त्रैमासमा पाकिस्तानमा आतंककारी हिंसा

तुर्कमेनिस्तानमा पुटिनले इरानी राष्ट्रपतिसँग भेट्ने

मस्को – रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले शुक्रबार मध्य एसियाली मुलुक

रेलका वाष्प इन्जिन संरक्षण गर्न सङ्ग्रहालय स्थापना गर्न जोड

जनकपुर – मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले रेलका पुराना र