कोरोना भाइरको त्रास : मन्दिरमा दर्शनार्थी फाट्टफुट्ट « Khabarhub

कोरोना भाइरको त्रास : मन्दिरमा दर्शनार्थी फाट्टफुट्ट


१० चैत्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा– सुन्दर पर्यटकीय नगरी पोखरा धार्मिकरुपले उत्तिकै महत्वपूर्ण गन्तव्य हो । बाह्रै महिना तीर्थालुको चहलपहल भइरहेका यहाँका धार्मिक पर्यटकीय तीर्थस्थलमा यतिखेर कोभिड–१९ (कोरोना भाइरस) को सम्भावित जोखिमको प्रत्यक्ष असरमा परेको छ ।

सधैँजसो चहलपहल हुने गरेको यहाँको बिन्ध्यवासिनी मन्दिरमा यतिखेर अत्यन्त कम सङ्ख्यामा दर्शनार्थी पुग्ने गरेका छन् । सो भाइरसको जोखिमको असर बिन्ध्यवासिनी मन्दिरमा पनि प्रत्यक्ष देखिएको बिन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिका सचिव तीर्थ श्रेष्ठले जानकारी दिए ।

औषतमा दैनिक तीन हजार तीर्थालुले दर्शन गर्ने सो मन्दिरमा केही दिनयता फाट्टफुट्ट मात्रै दर्शनार्थी आउने गरेको उनले बताए । समितिले मन्दिरमा दैनिक पूजाआजा नरोके पनि परिसरमा सञ्चालित ज्येष्ठ नागरिक मिलन केन्द्र र गुरुकुल भने बन्द गरिसकेको छ । सो भाइरसको जोखिमलाई दृष्टिगत गर्दै पशुबलिका साथै परेवा उडाउन बन्द गरेको छ । सामुदायिक प्रहरीसमेतको सहयोगमा फूलप्रसाद बेच्ने स्थानबाट परेवा बिक्री वितरण गर्न पनि रोक लगाइएको सचिव श्रेष्ठले जानकारी दिए ।

“केही दिनयता मन्दिरमा दर्शनार्थीको आगमन कम छ, जोखिमका कारण दर्शनार्थी कम भएको सम्भवतः पहिलोपटक नै होला”, उनले भने, “२०७२ सालको भूकम्पपछि लगातार गइरहेका परकम्पको प्रभावका कारण त्यो बेला पनि मन्दिरमा दर्शनार्थीको आगमन घटेको थियो ।”

प्रत्येक शनिबार अत्यधिक भीडभाड हुने बिन्ध्यवासिनी मन्दिरमा गत शनिबार अत्यन्त कम सङ्ख्यामा दर्शनार्थी देखिएको उनले जानकारी दिए । मन्दिरमा प्रत्येक शनिबार गर्दै आइएको विशेष आरती पनि रोकिएको छ । पोखरा हिमालपारिको जिल्ला मुस्ताङस्थित धार्मिक एवं ऐतिहासिक तीर्थस्थल मुक्तिनाथ जाने मुख्य नाका पनि हो । आइतबारदेखि मुक्तिनाथ मन्दिर सहित गुम्बा एवं कागबेनीघाट श्राद्धस्थलमा तीर्थयात्री प्रवेशमा रोक लगाउने निर्णय गरिएको छ ।

बिन्ध्यवासिनी मन्दिरसहित तालबाराही, भद्रकाली, गुप्तेश्वर महादेव, विश्व शान्ति स्तूप, शोभा भगवती, केदारेश्वर महादेवलगायतका दर्जनौँ धार्मिक पर्यटकीयस्थल छन् । मल्लकालीन समयदेखि नै अस्तित्वमा रहेका यहाँका प्रसिद्ध कास्कीकोट, पुम्दीकोट, भरतपोखरीको कोटभैरव, निर्मल पोखरीको फोक्सिङकोट, लेखनाथको ठूलाकोटजस्ता धेरै ऐतिहासिक धार्मिकस्थल पनि यहाँ छन् ।

प्रत्येक दिन बिहान पदयात्रा गर्नेको आकर्षक गन्तव्य बनेको यहाँको भद्रकाली मन्दिरमा केही दिनयता दर्शनार्थीको आगमन सुस्ताएको श्री गणेश तथा भद्रकाली मन्दिर सेवा समितिका सचिव योगेन्द्रमान श्रेष्ठले जानकारी दिए । मन्दिरको नियमित पूजाआजा नरोकिए पनि सम्भाव्य जोखिमलाई दृष्टिगत गरी दर्शनार्थी आउन छोडेको उनले बताए ।

“मन्दिरमा दर्शन गर्न आउनेलाई पनि सकेसम्म एकअर्कामा नजिक नभई पूजा गरेर चाँडो फर्कन भनेका छौँ”, उनले भने “स्वास्थ्य सचेतना एवं सहयोगका लागि मन्दिर परिसरमा रहेका धारामा साबुनपानी राखेर हात धुने व्यवस्था मिलाएका छौँ ।” बिहान पदयात्रा गर्दै मन्दिर परिसरमा पुग्नेलाई पनि आआफ्नो स्वास्थ्यप्रति सजग रहँदै सम्भावित जोखिमबाट बच्न उनले आग्रह गरे ।

सधैँजसो चहलहपल हुने फेवातालसहित तालको बीचमा रहेको तालबाराही मन्दिरमा पुग्ने धार्मिक पर्यटकको आगमन दिनानुदिन घट्दै गएपछि आइतबारदेखि डुङ्गा व्यवसायीले डङ्गा आवतजावत बन्द गराएका छन् । पर्यटकको सङ्ख्या घटेको र यात्रुलाई डुङ्गाबाट आवतजावत गराउँदा भीडभाड हुने भए पछि डुङ्गा सञ्चालन सेवा अनिश्चितकालका लागि बन्द गरिएको फेवाताल डुङ्गा व्यवसायी समितिका उपाध्यक्ष मङ्गल नेपालीले जानकारी दिए ।

पछिल्ला महिना यहाँको पर्यटनमा नै आकर्षण बनेको फेवाताल किनारस्थित तालबारही घाटको नियमित आरती सेवा बन्द गरिएको माता तालबाराही आरती सेवा समितिका अध्यक्ष गिरिराज अधिकारीले जानकारी दिए ।

प्रकाशित मिति : १० चैत्र २०७६, सोमबार  ११ : १८ बजे

व्यासद्वारा ५२ गर्भवतीलाई पोषणभत्ता उपलब्ध

दमौली– व्यास नगरपालिकाले चालु आर्थिक वर्षमा ५२ जना गर्भवतीलाई पोषणभत्ता

किन दोहोरिन्छ बिरामीको मृत्युपछि अस्पतालमा आक्रमण ?

काठमाडौं- यही वैशाख १३ गते उपचारका क्रममा बाँकेको वैजनाथ गाउँपालिकाकी

अर्थमन्त्रीसँग अमेरिकी विशेष दूतको भेट, आर्थिक साझेदारीबारे छलफल

काठमाडौं– अर्थमन्त्री डा स्वर्णिम वाग्लेसँग नेपाल भ्रमणमा रहेका संयुक्त राज्य

३८० वर्ष पुरानो ‘माण्डव्य ऋषिको रथयात्रा’

तानसेन– तानसेन नगरपालिका–९ दमकडामा ३८० वर्ष पुरानो माण्डव्य ऋषिको रथयात्रा

पेस्तोल र लागूऔषधसहित चारजना पक्राउ

काठमाडौं– लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरको टोलीले एक थान पेस्तोल, म्यागेजिन