एउटा यस्तो गल्ती जसले कोरोनाबाट बच्ने उपायलाई नै निरर्थक पार्छ | Khabarhub Khabarhub

एउटा यस्तो गल्ती जसले कोरोनाबाट बच्ने उपायलाई नै निरर्थक पार्छ


१० चैत्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कोरोना भाइरससंग लड्न मानिसहरु कैयौं उपाय अपनाइ रहेका छन् ।

यसका लागि मानिसहरु सबैखाले तयारी गरिरहेका छन् । कोरोना भाइरसको संक्रमण नहोस् भन्नका लागि स्यानिटाइजर र मास्कको उपयोग बढ्दो छ ।

संक्रमणबाट बच्न कतिपय मानिस घरबाहिर निस्कन पनि छाडेका छन् । कतिपयले घरभित्रैबाट काम गरिरहेका छन् । यसका बावजुद पनि कोरोना भाइरसको खतरा अझै टर्न सकेको छैन ।

कोरोनाको संक्रमणबाट बच्न गरिएका सबै उपाय र सर्तकतालाई हाम्रो एक गल्तीले विफल बनाइदिन्छ । जसका कारण हाम्रो शरीरमा सजिलै कोरोना भाइरसले प्रवेश पाउँदछ ।

चिकित्सक हाम्रो यस गल्तीलाई तत्काल सुधार गर्न सुझाव दिन्छन् । कोरोनको संक्रमणबाट बचाउन गरिएका हरेक उपायलाई विफल बनाउने हाम्रो त्यो गल्ती हो, बारम्बार नाक, मुख र आखाँ छुने बानी।

अन्तर्राष्ट्रिय मेडिकल पत्रिका एनसीबाआईमा प्रकाशित एक शोध अनुसार मानिसहरुले हर एक घण्टामा लगभग २३ पटक आफ्नो अनुहार छुने गर्दछन्।

अझ कतिपय मानिसको त बिनाकारण अनुहार छोइरहने बानि नै हुने गर्दछ ।

सोहि पत्रिकामा प्रकाशित अर्को शोध अनुसार हरेक घण्टा मानिसले १५ पटक आफ्नो औलाले नाक चलाउने गर्दछ । र यस प्रकारको कार्य गर्ने मानिसको संख्या ९० प्रतिशत रहने गरेको छ ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का प्रमुख वैज्ञानिक डा. सौम्या स्वामीनाथनका अनुसार कोरोना भाइरसबाट बच्नका लागि अनुहारबाट हातलाई टाढा राख्नु पर्दछ ।

खासमा ८० प्रतिशत मानिसको हातमा खराब ब्याक्टेरीया हुने संभावना रहेकाले नाक, मुख र आखाँ चलाउँदा कोरोनाको पनि संक्रमण सर्ने खतरा हुन्छ ।

तसर्थ कोरोनको संक्रमणबाट बच्न दैनिक १५ पटक भन्दा बढि हात धुनु सबैभन्दा प्रभावकारी उपाय हो । – जीन्यूजबाट

प्रकाशित मिति : १० चैत्र २०७६, सोमबार  ११ : ४४ बजे

जसपा फुटिसकेपछि अमेरिकाबाट मध्यराति आइपुगे उपप्रधानमन्त्री यादव

काठमाडौं – अध्यक्ष उपेन्द्र यादवले देश छाड्दा सग्लो रहेको जनता समाजवादी

सगरमाथामा क्षेत्रमा जलवायु परिवर्तनका अस्वाभाविक असर देखिँदै

सोलुखुम्बु – विश्वव्यापी तापक्रमको उच्च वृद्धिसँगै सगरमाथासहितका हिमालहरु चपेटामा पर्दै

हावाहुरीका कारण हवाई उडान प्रभावित

काठमाडौंं – सोमबार साँझ चलेको हावाहुरीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट

इङ्ल्यान्ड ‘सि’सँग नेपाल पराजित

काठमाडौं – मैत्रीपूर्ण फुटबलमा नेपाल इङ्ल्यान्ड ‘सि’सँँग पराजित भएको छ

मोरङको पाथिभरा माता मन्दिरमा लाखबत्ती प्रज्वलन

मोरङ – पाथिभरा माता मन्दिरमा लाख बत्ती बालेर दिप प्रज्वलन