एउटा यस्तो गल्ती जसले कोरोनाबाट बच्ने उपायलाई नै निरर्थक पार्छ « Khabarhub

एउटा यस्तो गल्ती जसले कोरोनाबाट बच्ने उपायलाई नै निरर्थक पार्छ


१० चैत्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कोरोना भाइरससंग लड्न मानिसहरु कैयौं उपाय अपनाइ रहेका छन् ।

यसका लागि मानिसहरु सबैखाले तयारी गरिरहेका छन् । कोरोना भाइरसको संक्रमण नहोस् भन्नका लागि स्यानिटाइजर र मास्कको उपयोग बढ्दो छ ।

संक्रमणबाट बच्न कतिपय मानिस घरबाहिर निस्कन पनि छाडेका छन् । कतिपयले घरभित्रैबाट काम गरिरहेका छन् । यसका बावजुद पनि कोरोना भाइरसको खतरा अझै टर्न सकेको छैन ।

कोरोनाको संक्रमणबाट बच्न गरिएका सबै उपाय र सर्तकतालाई हाम्रो एक गल्तीले विफल बनाइदिन्छ । जसका कारण हाम्रो शरीरमा सजिलै कोरोना भाइरसले प्रवेश पाउँदछ ।

चिकित्सक हाम्रो यस गल्तीलाई तत्काल सुधार गर्न सुझाव दिन्छन् । कोरोनको संक्रमणबाट बचाउन गरिएका हरेक उपायलाई विफल बनाउने हाम्रो त्यो गल्ती हो, बारम्बार नाक, मुख र आखाँ छुने बानी।

अन्तर्राष्ट्रिय मेडिकल पत्रिका एनसीबाआईमा प्रकाशित एक शोध अनुसार मानिसहरुले हर एक घण्टामा लगभग २३ पटक आफ्नो अनुहार छुने गर्दछन्।

अझ कतिपय मानिसको त बिनाकारण अनुहार छोइरहने बानि नै हुने गर्दछ ।

सोहि पत्रिकामा प्रकाशित अर्को शोध अनुसार हरेक घण्टा मानिसले १५ पटक आफ्नो औलाले नाक चलाउने गर्दछ । र यस प्रकारको कार्य गर्ने मानिसको संख्या ९० प्रतिशत रहने गरेको छ ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का प्रमुख वैज्ञानिक डा. सौम्या स्वामीनाथनका अनुसार कोरोना भाइरसबाट बच्नका लागि अनुहारबाट हातलाई टाढा राख्नु पर्दछ ।

खासमा ८० प्रतिशत मानिसको हातमा खराब ब्याक्टेरीया हुने संभावना रहेकाले नाक, मुख र आखाँ चलाउँदा कोरोनाको पनि संक्रमण सर्ने खतरा हुन्छ ।

तसर्थ कोरोनको संक्रमणबाट बच्न दैनिक १५ पटक भन्दा बढि हात धुनु सबैभन्दा प्रभावकारी उपाय हो । – जीन्यूजबाट

प्रकाशित मिति : १० चैत्र २०७६, सोमबार  ११ : ४४ बजे

इन्धन मूल्य वृद्धिबीच श्रीलङ्काद्वारा माछा मार्ने डुङ्गाका लागि अनुदान स्वीकृत

काठमाडौं – विश्वव्यापी रूपमा इन्धनको मूल्य वृद्धि भइरहेका बेला त्यसको

ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु

काठमाडौं – ललितपुरको थसीखेलमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको

सम्भावित नयाँ रोगको सामना गर्न एकीकृत रूपमा अगाडि बढिरहेका छौँ : स्वास्थ्यमन्त्री मेहता

काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री निशा मेहताले सम्भावित नयाँ रोगहरूको

तनहुँ एक वर्षीय छोरासहित आमा मृत फेला

तनहुँ – जिल्लाको भानु नगरपालिका–६ पण्डिथरमा आज एक वर्षीय छोरासहित

ट्रम्पको ‘ट्रुथ’ र ‘महान् साम्राज्य ध्वस्त हुने’ अपोलो देवीको भविष्यवाणी

काठमाडौं– इरानविरुद्ध युद्ध जारी रहँदा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘फेरि