कोरोना भाइरस– धुलिखेल नगरपालिकाले शुरु गर्‍यो ५० शय्याको क्वारेन्टाइन « Khabarhub

कोरोना भाइरस– धुलिखेल नगरपालिकाले शुरु गर्‍यो ५० शय्याको क्वारेन्टाइन


१० चैत्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काभ्रे– कोरोना भाइरस संक्रमितलाई राख्नका लागि धुलिखेल नगरपालिकाले ५० शय्याको क्वारेन्टाइन शुरु गरेको छ ।

धुलिखेल नगरपालिकाले सञ्जिवनी स्कुलमा ५० जना राख्न मिल्ने गरि क्वारेन्टाइन शुरु गरेको धुलिखेल नगरपालिकाका मेयर अशोक कुमार व्याञ्जु श्रेष्ठले जानकारी दिए । नेपाली सेनाको सहयोगमा क्वारेन्टाइन निर्माण गरिएको हो ।

‘कोरोना संक्रमितलाई राख्नका लागि ५० वेडको क्वारेन्टाइन सञ्जिवनी स्कुलमा तयारी गरिएको छ’ मेयर ब्याञ्जुले भने,‘हामीले कोरोना संक्रमणबारे सचेत हुन आग्रह गरेका छौं । अत्यावश्यक सेवा बाहेकका सेवा बन्द गर्न आह्वन गरेका छौं ।’

यसअघि आइतबार धुलिखेल नगरपालिकाको आकस्मिक बैठक बसेको थियो ।

उक्त बैठकले आजदेखि खाद्य सामग्री, ग्यास पसल, स्वास्थ्य संस्था बाहेक अन्य पसल बन्द गर्न अनुरोध गर्ने निर्णय गरेको थियो ।

‘बैठकले धुलिखेल नगरपालिकाभित्र रहेका होटल, विद्यालय भवन क्वारेन्टाइनका रुपमा प्रयोग गर्ने समेत निर्णय गरेको छ ।’ नगर प्रमुख व्याञ्जुले भने, ‘चोक–चोकमा मानिसहरुको भिडभाड हुन नदिन नेपाल प्रहरी, नगरप्रहरी, जनप्रतिनिधिलाई आग्रह गर्ने समेत निर्णय गरेको छ ।’
नगरपालिकाले हटलाइन नम्बर समेत सुरु गरेको बताउँदै व्याञ्जुले कुनै संकट आइलागे १६६०११४९३२९ नम्बरमा खबर गर्न सकिने जानकारी दिए ।

यस्तो छ बैठकका १० निर्णयहरुः

धुलिखेल नगरपालिकाको मिति २०७६ चैत्र ९ गते कोरोनाभाइरस (कोभिड १९)को संक्रमण नियन्त्रण गर्न जनताले जनताको स्वास्थ्य सुरक्षाप्रति संवेदनशिल हुने वातावरण बनाउन धुलिखेल नगरपालिकामा बसेको बैठकले देहायको कार्यहरु गर्ने निणर्य गरियो ।
१. आम नागरिकहरुलाई सचेत सुरक्षित र संयमित हुन अनुरोध गर्ने
२. संघिय तथा प्रदेश सरकारका निर्णयहरुलाइ प्रभावकारी रुपमा कार्यान्वयन गर्ने ।
३. अत्याबश्यक बाहेकका पसल तथा बजार बन्द गर्न अनुरोध गर्ने ।
४. यातायात क्षेत्रमा भिडभाड नियन्त्रण गर्ने ।
५. क्वारेन्टाइन सेवाका लागि समुदाय तथा होटल, बिद्यालयका भवनहरु तथा अन्य उपयुक्त स्थानहरु प््रायोग गर्ने
६. चोक चोकमा मानिस जम्मा हुन नदिन जनप्रतिनिधि, प्रहरीतथा सरोकारवाला निकायबाट अनुगमन तथा सन्देश प्रवाह गर्ने ।
७. अत्यावश्यक सेवाबाहेक अन्य सेवा प्रवाह नगर्ने ।
८. सवै स्थानियतहले अत्याबश्यक अबश्था बाहेक सर्वसाधारणलाई घरबाहिर ननिस्कन सुचना प्रवाह गर्ने ।
९. भिडभाड हुने सेवाप्रवाह गर्ने सस्था तथा निकायहरुमा भिड नियन्त्रण गर्न अनुरोध गर्ने ।
१०. अत्यावश्यक सामानको आपुर्ति ब्यबस्था सहज गराउन सवै स्थानियतहले समन्वय गर्ने

प्रकाशित मिति : १० चैत्र २०७६, सोमबार  ११ : ४५ बजे

जलजला बाढीपहिरो प्रभावितलाई प्रवासीबाट साढे सात लाखभन्दा बढी सहयोग

म्याग्दी- पछिल्लो मनसुनजन्य विपद्बाट प्रभावित पर्वतको जलजला गाउँपालिकालाई अस्ट्रेलियामा रहेका

महाअष्टमीमा सुदूरपश्चिमकै प्रसिद्ध उग्रतारा भगवती मन्दिरमा भक्तजनको घुइँचो

डडेलधुरा – महाअष्टमी पर्वका अवसरमा सुदूरपश्चिमकै प्रसिद्ध धार्मिक शक्तिपीठ उग्रतारा

चङ्गा : अन्तर्राष्ट्रिय खेल पर्यटनदेखि दसैँको उत्सवसम्म

दसैँको सिजन आउँदा सहरका घरका छतहरूबाट चङ्गा उडाउने दृष्य अब

कञ्चनपुरको गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ड्युटी: सीमापार अपराध रोक्न कडा सुरक्षा कडाइ

महेन्द्रनगर – नेपाल-भारत सीमावर्ती क्षेत्रमा हुनसक्ने आपराधिक गतिविधि, लागूऔषध ओसारपसार

दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन

नुवाकोट – गत भदौ १० गते भोटेकोशीको बाढीले नुवाकोटको विदुर