काठमाडौं भित्रिने निजी सवारी साधनमाथि ट्राफिक प्रहरीको ‘विशेष निगरानी’ « Khabarhub

काठमाडौं भित्रिने निजी सवारी साधनमाथि ट्राफिक प्रहरीको ‘विशेष निगरानी’


१० चैत्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कोरोना भाइरस (कोभिड–१९) संक्रमणको जोखिमलाई मध्यनजर गर्दै सरकारले आज (सोमबार)देखि देशभर लामो दूरीका सर्वजनिक सवारीसाधन सञ्चालनमा पूर्ण रोक लगाएको छ ।

छोटो दूरीका सार्वजनिक सवारी सञ्चालनमा कुनै रोक नभए पनि ट्राफिक प्रहरीले विशेष कडाइका साथ चेकजाँच र निगरानी शुरु गरेको छ ।

महानगरीय ट्राफिक महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भीम ढकालका अनुसार अहिले काठमाडौं उपत्यकामा फाट्ट–फुट्ट मात्रामा मात्रै सार्वजनिक सवारीका साधन चलेका छन् । यस्तै, निजी सवारी साधन पनि कम मात्रै चलेका छन् ।

‘सरकारले नै जरुरी काम बाहेक अन्य कामका लागि बाहिर ननिस्किन भनिसकेको छ । धेरै हदसम्म अहिले सडकमा ट्राफिक चाप कम भएको छ,’ एसएसपी ढकालले भने, ‘हामीले अहिले छोटो दूरीका सार्वजनिक सवारी साधनमाथि चेकजाँच र निगरानी बढाएका छौं । चालक, सहचालकले अनिवार्य रुपमा मास्क लगाउनुपर्ने, आफ्नो प्रयोजनका लागि ह्याण्ड सेनिटाइजर प्रयोग गर्नुपर्ने तथा यात्रुहरुले पनि मास्क प्रयोग गर्नुपर्ने भनेका छौं ।’

उपत्यकाका ८ नाकामा कडाइ

ट्राफिक प्रहरीले काठमाडौं उपत्यका भित्रिने सवारी साधनमाथि पनि विशेष निगरानी शुरु गरेको छ ।

लामो दूरीका सार्वजनिक सवारीका साधनमा रोक लगाइए पनि निजी ४ पाङ्ग्रे तथा दुई पाङ्ग्रे सवारीका साधनहरु भने चलि नै रहेका छन् ।

यद्यपि, ट्राफिक प्रहरीले काठमाडौं भित्रिने सवारीका साधनमा भने विशेष निगरानी शुरु गरेको जनाएको छ ।

‘काठमाडौं भित्रिने अत्यावश्यक सेवा बाहेकका अन्य सवारी साधनलाई हामीले चेकजाँच गरेर उपयुक्त देखिएमा मात्रै प्रवेश गर्न दिएका छौं,’ ट्राफिक महाशाखा प्रमुख एसएसपी ढकालले भने, ‘हामीले उपत्यका भित्रिनै सबै ८ वटा नाकामा चेकजाँचमा कडाइ गरेका छौं । अत्यावश्यक बाहेक अन्य कामका लागि आउने सवारीलाई सकभर हामी काठमाडौं प्रवेश नगर्न भनिरहेका छौं ।’

प्रकाशित मिति : १० चैत्र २०७६, सोमबार  ११ : ५० बजे

चङ्गा : अन्तर्राष्ट्रिय खेल पर्यटनदेखि दसैँको उत्सवसम्म

दसैँको सिजन आउँदा सहरका घरका छतहरूबाट चङ्गा उडाउने दृष्य अब

कञ्चनपुरको गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ड्युटी: सीमापार अपराध रोक्न कडा सुरक्षा कडाइ

महेन्द्रनगर – नेपाल-भारत सीमावर्ती क्षेत्रमा हुनसक्ने आपराधिक गतिविधि, लागूऔषध ओसारपसार

दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन

नुवाकोट – गत भदौ १० गते भोटेकोशीको बाढीले नुवाकोटको विदुर

१२ शय्याबाट सुरु भएको यात्रा: करोडौँको दृष्टि परीक्षण र लाखौँ शल्यक्रिया

काठमाडौँ – कुनै समय पूर्वी नेपालका नागरिकलाई आँखामा सामान्य समस्या

चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान

चितवन – बडादसैँका अवसरमा चितवनमा यस वर्ष ३० करोड रुपैयाँभन्दा