काठमाडौं भित्रिने निजी सवारी साधनमाथि ट्राफिक प्रहरीको 'विशेष निगरानी' | Khabarhub Khabarhub

काठमाडौं भित्रिने निजी सवारी साधनमाथि ट्राफिक प्रहरीको ‘विशेष निगरानी’


१० चैत्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कोरोना भाइरस (कोभिड–१९) संक्रमणको जोखिमलाई मध्यनजर गर्दै सरकारले आज (सोमबार)देखि देशभर लामो दूरीका सर्वजनिक सवारीसाधन सञ्चालनमा पूर्ण रोक लगाएको छ ।

छोटो दूरीका सार्वजनिक सवारी सञ्चालनमा कुनै रोक नभए पनि ट्राफिक प्रहरीले विशेष कडाइका साथ चेकजाँच र निगरानी शुरु गरेको छ ।

महानगरीय ट्राफिक महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भीम ढकालका अनुसार अहिले काठमाडौं उपत्यकामा फाट्ट–फुट्ट मात्रामा मात्रै सार्वजनिक सवारीका साधन चलेका छन् । यस्तै, निजी सवारी साधन पनि कम मात्रै चलेका छन् ।

‘सरकारले नै जरुरी काम बाहेक अन्य कामका लागि बाहिर ननिस्किन भनिसकेको छ । धेरै हदसम्म अहिले सडकमा ट्राफिक चाप कम भएको छ,’ एसएसपी ढकालले भने, ‘हामीले अहिले छोटो दूरीका सार्वजनिक सवारी साधनमाथि चेकजाँच र निगरानी बढाएका छौं । चालक, सहचालकले अनिवार्य रुपमा मास्क लगाउनुपर्ने, आफ्नो प्रयोजनका लागि ह्याण्ड सेनिटाइजर प्रयोग गर्नुपर्ने तथा यात्रुहरुले पनि मास्क प्रयोग गर्नुपर्ने भनेका छौं ।’

उपत्यकाका ८ नाकामा कडाइ

ट्राफिक प्रहरीले काठमाडौं उपत्यका भित्रिने सवारी साधनमाथि पनि विशेष निगरानी शुरु गरेको छ ।

लामो दूरीका सार्वजनिक सवारीका साधनमा रोक लगाइए पनि निजी ४ पाङ्ग्रे तथा दुई पाङ्ग्रे सवारीका साधनहरु भने चलि नै रहेका छन् ।

यद्यपि, ट्राफिक प्रहरीले काठमाडौं भित्रिने सवारीका साधनमा भने विशेष निगरानी शुरु गरेको जनाएको छ ।

‘काठमाडौं भित्रिने अत्यावश्यक सेवा बाहेकका अन्य सवारी साधनलाई हामीले चेकजाँच गरेर उपयुक्त देखिएमा मात्रै प्रवेश गर्न दिएका छौं,’ ट्राफिक महाशाखा प्रमुख एसएसपी ढकालले भने, ‘हामीले उपत्यका भित्रिनै सबै ८ वटा नाकामा चेकजाँचमा कडाइ गरेका छौं । अत्यावश्यक बाहेक अन्य कामका लागि आउने सवारीलाई सकभर हामी काठमाडौं प्रवेश नगर्न भनिरहेका छौं ।’

प्रकाशित मिति : १० चैत्र २०७६, सोमबार  ११ : ५० बजे

सहासी चुङ्बा : जसले हुम्लामा तीन दिन पछ्याएर खिचेका थिए जंगली याकको फोटो

काठमाडौं- कलेजोको क्यान्सरसँग जुधिरहेका चर्चित वाइल्डलाइफ फोटोग्राफर चुङ्बा शेर्पा ६४

अध्यक्ष प्रचण्ड माघ ५ गते ग्रामथान जाने 

काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ माघ ५

मनाङमा पहिलो हिमपात, किसान खुसी

मनाङ– हिमाली जिल्ला मनाङमा पुसको अन्तिम सातामा हिमपात भएको छ

देवघाटमा माघे सङ्क्रान्ति मेला सुरु

चितवन– विभिन्न आश्रमका पीठाधीश, सन्तमहन्त, भक्तजन, स्थानीय लगायतको सहभागितामा चितवन,

काठमाडौं अदालतमा रवि लामिछानेबारे थुनछेक बहस

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई काठमाडौं अदालतमा उपस्थित