कोरोना भाइरस संक्रमित किशोरीलाई मध्यरातमा लगिएको थियो टेकु अस्पताल « Khabarhub

कोरोना भाइरस संक्रमित किशोरीलाई मध्यरातमा लगिएको थियो टेकु अस्पताल


१० चैत्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा शनिबारसम्म गरिएको स्वास्थ्य परीक्षणमा कुनै पनि नेपालीमा कोरोना संक्रमण पोजेटिभ देखिएको थिएन । तर, शुक्रबार संकलन गरिएको स्याम्पल मध्ये एउटा स्याम्पलको परीक्षणमा कोरोना पोजेटिभ देखियो ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले तत्काल स्वास्थ्य मन्त्रालयलाई खबर गर्‍यो । स्वास्थ्य मन्त्रालयले प्रधानमन्त्री कार्यालयलाई जनाकारी दियो । नेपालमा कोरोना भाइरसको संक्रमण देखिएको यो दोस्रो केस थियो ।

कोरोना परीक्षणमा एक व्यक्तिको स्याम्पल पोजेटिभ देखिएपछि बिरामीको विषयमा सोधखोज भयो । कोरोना पोजेटिभ देखिएको व्यक्तिको स्याम्पल टेकुकै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालबाट आएको थियो । तर अस्पतालले कोरोना पोजेटिभ देखिएको बिरामी अस्पतालको आइसोलेसनमा नभएको जानकारी स्वास्थ्य मन्त्रालयलाई दियो ।

कोरोना संक्रमण पोजेटिभ देखिएको बिरामी काठमाडौं मैतिदेवीमा बस्ने १९ वर्षीया युवती भएको पुष्टि भएपछि स्वास्थ्य मन्त्रालयले तत्काल घटनालाई सार्वजनिक गरेन ।

स्वास्थ्य मन्त्रालय, टेकु अस्पताल र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाखाले एकआपसमा समन्वय गरेर मैतीदेविमा रहेकी ती युवतीलाई मध्यरातमा एम्बुलेन्स मार्फत टेकु अस्पताल ल्याइयो ।

‘पहिला त ती युवती घरमा है क्वारेन्टाइनमा थिइन, कोरोना पोजेटिभ भएको पाइएपछि हिजो राति टेकु अस्पतालमा ल्याइएको हो,’ स्रोतले खबरहबसँग भन्यो ।
कोरोना पोजेटिभ देखिएकी ती युवतीलाई अस्पतालको आइसोलेसनमा राखिएपनि उक्त सूचना भने सार्वजनिक गरिएन ।

स्वास्थ्य मन्त्रालयले सोमबार पत्रकार सम्मेलन गरी नेपालमा थप एकजनामा कोरोना संक्रमण देखिएको जानकारी दियो ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले चैत ४ गते फ्रान्सबाट कतार ट्रान्जिट हुँदै नेपाल आएकी १९ वर्षीया एक युवतीमा कोरोना पोजेटिभ देखिएको बताए ।

डा देवकोटाले युवती नेपाल फर्किएपछि होम क्वारेन्टाइनमै रहेको र चैत ९ कोरोना टेष्ट गर्दा कोरोना पोजेटिभ देखिएको बताए ।

स्वास्थ्य मन्त्रालयले शुक्रराज अस्पतालमा बिरामीलाई आइसोलेसनमा राखि उपचार शुरु गरिएको र उनको परिवारलाई पनि घरमै क्वारेन्टाइनमा राखिएको जानकारी दिए ।

स्रोतका अनुसार कोरोना संक्रमण देखिएकी ती युवतीकी परिवारको सदस्य पनि चिकित्सक छन् । उनीहरु अहिले होम क्वारेन्टाइनमा रहेका छन् ।

उनीसँगै कतार एयरवेजको विमानबाट नेपाल आएका व्यक्तिहरुको खोजी गरिने मन्त्रालयले जनाएका छ ।

प्रकाशित मिति : १० चैत्र २०७६, सोमबार  ४ : २२ बजे

पोखरामा पाँच लाख पुरस्कार राशिको महिला गोल्डकप सुरु, पुलिस फाइनलमा

कास्की – देशको पर्यटकीय राजधानी पोखरामा आजदेखि महिला गोल्डकप फुटबल

कञ्चनपुरमा टिपरको ठक्करबाट एक किशोरको मृत्यु

कञ्चनपुर – कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–१ मा आज टिपरको ठक्करबाट

ट्रम्पले भने : इरानलाई कुनै पनि हालतमा परमाणु हतियार विकास गर्न दिँदैनौं

वाशिङ्टन डीसी । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले फेरि इरानविरुद्ध कडा

सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको बिदाइ

काठमाडौं – चारवर्षे कार्यकाल सम्पन्न गरी सेवानिवृत्त हुन लागेका सशस्त्र

इरानद्वारा अमेरिकासँगको वार्ताका लागि पाकिस्तानी मध्यस्थतामा नयाँ प्रस्ताव प्रस्तुत

तेहरान – इरानले मध्यस्थकर्ता पाकिस्तानमार्फत अमेरिकासँग वार्ताका लागि नयाँ प्रस्ताव