संगठनको आलोचना हुने सामाजिक सञ्जालका ग्रुप छाड्न प्रहरीलाई प्रधान कार्यालयको उर्दी « Khabarhub

संगठनको आलोचना हुने सामाजिक सञ्जालका ग्रुप छाड्न प्रहरीलाई प्रधान कार्यालयको उर्दी


११ बैशाख २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  संगठनका आलोचना हुने सबै सामाजिक सञ्जालका ग्रुप छाड्न प्रहरीलाई प्रधान कार्यालयले उर्दी जारी गरेको छ ।

नेपाल प्रहरीले प्रहरी संगठनप्रति नकरात्मक सन्देश र टिकाटिप्पणी प्रवाह गर्ने सामाजिक संजालका समुह तत्काल नछाडे कारबाही गरिने चेतावनी दिइएको छ ।

प्रहरी प्रवक्ता एसएसपी उमेशराज जोशीले बुधवार जारी गरेको परिपत्रमा  फेसबुक, ट्वीटर, भाइबर, ह्वाट्स एपसहितका विभिन्न सामाजिक सञ्जालका समूह छाड्न निर्देशन दिइएको छ ।

प्रहरी प्रवक्ता जोशीले परिपत्रमा सबै प्रहरी कर्मचारीलाई नेपाल प्रहरीको नियमावली, सञ्चारमाध्यम (मिडिया) सम्बन्धी नीति, २०६० एवं सामाजिक सञ्जाल (फेसबुक लगायत) व्यवस्थित प्रयोग गर्ने सम्बन्धी गाइडलाइन, २०७१ लाई ध्यान दिन पनि सचेत गराएका छन् ।

निर्देशनको अवज्ञा गरेर संगठनको गरिमा र मर्यादामा आंच आउने कार्य गरे प्रहरी कर्मचारीमाथि नै प्रहरी नियमावली २०७१ बमोजिम कारबाही हुने चेतावनी दिइएको छ ।

केही पत्रकारहरुले डिफेन्स एण्ड डिप्लोमेसी, सुरक्षा रिपोर्टर, सेक्युरिटी न्यूजजस्ता फेसबुक र भाइबर ग्रुप बनाउंदै समाचार र विचारहरु पोष्ट गर्दै आएका थिए । उक्त समुहहरुमा प्रहरीका उच्च अधिकारीहरु समेत जोडिएका थिए ।

प्रकाशित मिति : ११ बैशाख २०७७, बिहीबार  ६ : ०२ बजे

योग, ध्यान र दृष्यावलोकनका लागि ‘स्वर्गाश्रम’

म्याग्दी– पृष्ठभूमिमा लहरै हिमाल । वरपर घना जङ्गल । शान्त

सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न

काठमाडौं – सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका-३ दोभानस्थित निर्माणाधीन सुरुङ

गाँजासहित एक भारतीय पक्राउ

काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब चार किलो २८४ ग्राम गाँजासहित

ला लिगा : विपक्षीको पोस्टमा एल्चेको चार गोल

काठमाडौं – ला लिगा अन्तर्गत गएराति भएको खेलमा रायो भालेकानोमाथि

विभागले गर्‍याे दुई रेष्टुरेन्टलाई ५० हजार रुपैयाँको दरले जरिवाना

काठमाडौं– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दुई वटा उद्योग