बुबाको मृत्युपछि ३० रुपैयाँबाट काम थालेका थिए रोहित, अहिले छन् करोडौंका मालिक « Khabarhub

बुबाको मृत्युपछि ३० रुपैयाँबाट काम थालेका थिए रोहित, अहिले छन् करोडौंका मालिक


११ बैशाख २०७७, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – भन्ने गरिन्छ, कसैले काम पूरै लगन र आत्मविश्वासका साथ गर्छ भने त्यो पूरा हुन्छ । बलिउडमा यस्ता कैयन् कलाकार छन्, जसले कामका कारण आफ्नो परिचय बदलेका छन् ।

बलिउड निर्देशक रोहित सेट्टीले कैयन् सुपरहिट फिल्म दिएका छन् । उनले आफ्नो लक्ष्यसम्म पुग्नका लागि कडा मेहनत गरेका छन् । १५ वर्षको उमेरमा काम थालेका रोहित अहिले बलिउडका सफल निर्देशकमध्ये एक हुन् ।

रोहित सेट्टीले जब पाँच कक्षामा पढ्थे, त्यतिबेला उनका पिता एमबी सेट्टीको मृत्यु भएको थियो । त्यतिबेला उनको परिवारमा आर्थिक संकट आयो । बुबाले जोरेका ४ वटा गाडी उनको घरमा थिए ।

आर्थिक संकट आएपछि ती सबै गाडी बेच्नुपरेको थियो । यही कारणले रोहितले सानो उमेरदेखि नै काम गर्न थाले । पारिश्रमिक उनले शुरुमा ३० रुपैयाँ कमाउँथे । त्यसैले उनले गुजारा चलाउनुपर्ने हुन्थ्यो ।

रोहितले पहिलो काम कुकु कोहलीबाट पाएका थिए । त्यो उनको पहिलो इन्टर्न जागीर थियो । रोहितले घरमा आर्थिक मद्दत गर्न चाहन्थे । तर, इन्टर्नमा काम गर्न गएका कारण जममा ३० रुपैयाँ पाउँथे । उनी घरमा पनि पैदल जाने गर्थे । कुकु जुन फिल्ममा काम गर्थे, उही फिलममा वीरु देवगनको छोरा अजय देवगनले अभिनय गर्दै थिए । फिल्मको नाम थियो – फूल और काँटे ।

यता रोहित लगातार सङ्घर्ष गरिरहेका थिए ।

निरन्तर मेहनत गरेपछि रोहितले सहायक निर्देशकका रुपमा फिल्ममा काम गर्ने मौका पाए । उक्त फिल्मको नाम ‘सुहाग’ थियो । फिल्ममा अक्षय कुमार र अजय देवगन पनि शीर्ष भूमिकामा थिए । त्यसपछि उनले हिन्दुस्तानकी कसम, राजु चाचा, हकिकत और प्यार तो होना हि था मा पनि सहायक निर्देशकका रुपमा काम गरे ।

आफ्नो जिम्मेवारीलाई पूर्ण रुपमा पालना गर्ने रोहितलाई मेहनतको फल मिल्दै गयो । आज उनी करोडौंका मालिक छन् ।

अहिले रोहितले एउटा फिल्म निर्देशन गरेको २५ करोडसम्म पारिश्रमिक लिने गर्छन् । साथै उनले विज्ञापनबाट मात्र पनि ८ करोड बराबर कमाउँछन् ।

मुम्बईमा रोहितका दुई सुविधासम्पन्न घर छन् । कैयन् गाडी छन् । उनलाई लग्जरी कार खुबै मन पर्छ ।

प्रकाशित मिति : ११ बैशाख २०७७, बिहीबार  ४ : २५ बजे

प्राधिरकणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली

बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय

काठमाडाैं – सरकारले रसुवाको भोटेकोशी नदीमा गएको बाढीबाट प्रभावित क्षेत्रमा

विपद्पछिको हेली उद्धारमा २० करोड खर्च

काठमाडौं । सरकारले भोटेकोसी विपद्पछि हेलिकप्टरबाट गरिएको उद्धारमा २० करोड

१२ हजार रन पूरा गर्दै रोहित शर्माले बनाए अर्को कीर्तिमान

काठमाडाैं – भारतीय क्रिकेट टोलीका अनुभवी ब्याटर रोहित शर्माले एकदिवसीय

काठमाडौँका यी स्थानमा हुँदैछ ११ दिन विद्युत् कटौती

काठमाडौं। उपत्यकाका विभिन्न स्थानमा ११ दिन विद्युत् आपूर्ति कटौती हुने