सशस्त्र प्रहरीका २ जना इन्सपेक्टरद्वारा डीएसपीमाथि कुटपिट « Khabarhub

सशस्त्र प्रहरीका २ जना इन्सपेक्टरद्वारा डीएसपीमाथि कुटपिट


११ बैशाख २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– रुपेन्देहीको सुनौलीस्थित सशस्त्र प्रहरीको ब्यारेकभित्र २ जना सशस्त्र प्रहरी निरीक्षक (इन्सपेक्टर)ले एक जना सशस्त्र प्रहरी नायव उपरीक्षक (डीएसपी)माथि कुटपिट गरेका छन् ।

सशस्त्र प्रहरी बल नेपाल, ५ नम्बर बाहिनीअन्तर्गत सुनौलीस्थित ३८ नम्बर गुल्मका डीएसपी मानबहादुर शाहीमाथि २ जना इन्सपेक्टरले कुटपिट गरेका हुन् ।

इन्सपेक्टरहरु दयाराम पौडेल र केशव भट्टराईले डीएसपी शाहीमाथि कुटपिट गरेका हुन् । घटना बुधबार रातिको भएको बताइएको छ ।

सशस्त्र प्रहरीका केन्द्रीय प्रवक्ता सशस्त्र प्रहरी नायव महानिरीक्षक (डीआईजी) प्रविण कुमार श्रेष्ठले डीएसपीमाथि कुटपिट गर्ने इन्सपेक्टरमाथि कारबाहीका लागि निर्देशन दिइएको जानकारी दिए ।

‘२ जना इन्सपेक्टरले डीएसपीमाथि कुटपिट गरेकाले ५ नम्बर बाहिनीले प्रधान कार्यालयबाट कारबाहीका लागि आदेश माग गरेको थियो,’ डीआईजी श्रेष्ठले खबरहबसँग भने, ‘प्रधान कार्यालयबाट सशस्त्र प्रहरी नियमावलीअनुसार अनुशासन उल्लंघन गरेको लगायत कसुरमा कारबाही गर्नु भनेर निर्देशन गइसकेको छ ।’

डीआईजी श्रेष्ठले घटनाको विवरण बुझ्दा डीएसपी शाहीलाई कुनै चोटपटक नलगेको पाइएको जानकारी दिए ।

‘डीएसपीलाई चोटपटक लागेको छैन । आवेशमा आएर घटना भएको हुनसक्छ,’ डीआईजी श्रेष्ठले खबरहबसँग भने ।

प्रकाशित मिति : ११ बैशाख २०७७, बिहीबार  १ : ५५ बजे

पहिलो महाधिवेशनअघि नै रास्वपामा गुटबन्दी

काठमाडौं- दुई सातापछि सुरु हुन लागेको राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको

‘सुधन गुरूङ हिरासतभित्रै छिरेर हप्कीदप्की गरे, सरकारविरुद्ध नबोल्न धम्की दिए’

काठमाडौं– राष्ट्रिय जेन-जी नागरिक अभियानले भारतीय दूतावासनजिक शान्तिपूर्ण रूपमा पम्पलेट

सत्र लाख ३० हजार बराबरका मोटरसाइकल बरामद

अत्तरिया– प्रहरीले कैलालीका विभिन्न स्थानबाट १७ लाख ३० हजार बराबरका

‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र संकटमा

झापा– प्रमुख नगदेबाली तथा निर्यातमुखी कृषि उत्पादन चियामा ‘लुपर’ नामक