सशस्त्र प्रहरीका २ जना इन्सपेक्टरद्वारा डीएसपीमाथि कुटपिट « Khabarhub

सशस्त्र प्रहरीका २ जना इन्सपेक्टरद्वारा डीएसपीमाथि कुटपिट


११ बैशाख २०७७, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– रुपेन्देहीको सुनौलीस्थित सशस्त्र प्रहरीको ब्यारेकभित्र २ जना सशस्त्र प्रहरी निरीक्षक (इन्सपेक्टर)ले एक जना सशस्त्र प्रहरी नायव उपरीक्षक (डीएसपी)माथि कुटपिट गरेका छन् ।

सशस्त्र प्रहरी बल नेपाल, ५ नम्बर बाहिनीअन्तर्गत सुनौलीस्थित ३८ नम्बर गुल्मका डीएसपी मानबहादुर शाहीमाथि २ जना इन्सपेक्टरले कुटपिट गरेका हुन् ।

इन्सपेक्टरहरु दयाराम पौडेल र केशव भट्टराईले डीएसपी शाहीमाथि कुटपिट गरेका हुन् । घटना बुधबार रातिको भएको बताइएको छ ।

सशस्त्र प्रहरीका केन्द्रीय प्रवक्ता सशस्त्र प्रहरी नायव महानिरीक्षक (डीआईजी) प्रविण कुमार श्रेष्ठले डीएसपीमाथि कुटपिट गर्ने इन्सपेक्टरमाथि कारबाहीका लागि निर्देशन दिइएको जानकारी दिए ।

‘२ जना इन्सपेक्टरले डीएसपीमाथि कुटपिट गरेकाले ५ नम्बर बाहिनीले प्रधान कार्यालयबाट कारबाहीका लागि आदेश माग गरेको थियो,’ डीआईजी श्रेष्ठले खबरहबसँग भने, ‘प्रधान कार्यालयबाट सशस्त्र प्रहरी नियमावलीअनुसार अनुशासन उल्लंघन गरेको लगायत कसुरमा कारबाही गर्नु भनेर निर्देशन गइसकेको छ ।’

डीआईजी श्रेष्ठले घटनाको विवरण बुझ्दा डीएसपी शाहीलाई कुनै चोटपटक नलगेको पाइएको जानकारी दिए ।

‘डीएसपीलाई चोटपटक लागेको छैन । आवेशमा आएर घटना भएको हुनसक्छ,’ डीआईजी श्रेष्ठले खबरहबसँग भने ।

प्रकाशित मिति : ११ बैशाख २०७७, बिहिबार  १ : ५५ बजे

बडादसैँको तेस्रो दिन, आज पनि टीका जमरा लगाइँदै

काठमाडौँ– विजयादशमीको टीकाको तेस्रो दिन आज द्वादशीमा पनि टीका र

एक महिनामा ५९ सवारी दुर्घटना : ११ जनाको मृत्यु

कास्की – जिल्लामा गत असोज महिनामा भएका ५९ सवारी दुर्घटनामा

यस वर्षको दसैँमा सौराहामा आन्तरिक पर्यटक घटे

चितवन – भोटेकोशी र बूढीगण्डकीको बाढीपछि मुख्य राजमार्गमा भएको अवरोध

थ्रेसर मेसिनको प्रयोग: किसानलाई राहत, युवालाई गाउँमै रोजगारी

बाँके – बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–१९ का अमजत अली शेख विगत

विपद्पछि खुल्यो बेनी–जोमसोम मार्ग: पुनहिल, तातोपानी र अन्नपूर्ण आधार शिविरमा पर्यटक बढे

म्याग्दी – म्याग्दीका पर्यटकीय स्थलहरूमा बडादसैँलगत्तै पर्यटकको चहलपहल बढ्न थालेको