भारतमा कोरोना संक्रमित आमाले जन्माइन् स्वस्थ शिशु « Khabarhub

भारतमा कोरोना संक्रमित आमाले जन्माइन् स्वस्थ शिशु


११ बैशाख २०७७, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कोलकाता– भारतको पश्चिम बंगालस्थित एक अस्पतालमा एकजना कोरोना संक्रमित आमाले स्वस्थ बच्च जन्माएकी छिन् । उनी कोरोनाको संक्रमण भएपछि अस्पतालमा उपचाररत छिन् ।

उनले जन्माएको शिशुमा कोरोना संक्रमण भए नभएको परीक्षण गरिएको थियो । तर ती शिशुको परीक्षणबाट उनको रिपोर्ट नेगेटिभ आएको बताइएको छ ।

पश्चिम बंगालको उलुबेरिया भन्ने स्थानमा रहेको अस्पतालमा उनले शिशु जन्माएकि हुन् । शिशुमा कोरोनाको संक्रमण देखिएको छैन र उनलाई आमाभन्दा छ फिट पर राखिएको जनाइएको छ ।

आमा र नवजात शिशुको उपचारका लागि उक्त अस्पतालले चिकित्सकहरुको विशेष टोली खटाएको जनाएको छ । उक्त टोलीमा प्रसुती रोग विशेषज्ञहरुका साथै भाइरल रोगका विशेषज्ञहरु पनि रहेका बताइएको छ ।

समाचारमा जनाइएअनुसार ती आमाले जन्म दिने नवजात शिशुमा पनि कोरोनाको संक्रमण हुने हो कि भन्ने ठूलो त्रासमा त्यहाँका चिकित्सक र स्टाफ नर्सहरु रहेका थिए ।
तर पनि सोमबार बिहान बच्चा जन्मिएपछि उनको परीक्षणबाट ती शिशु संक्रमित नरहेको समाचारले भने अस्पतालमा खुशी दिलाएको बताइएको छ ।

त्यसैले ती शिशुलाई पनि सामाजिक दुरी कायम गरेर आमाभन्दा ५ फिट पर राखिएको छ भने आमा र बच्चाको स्याहार र उपचारमा चिकित्सकहरुको विशेष टोली खटाइएको छ । ती आमाले सोमबार बिहान शिशुलाई जन्म दिएकी हुन् । नवजात शिशु २.५ किलोग्राम वजनको र स्वास्थ्य अवस्थामा रहेको सो अस्पतालले जनाएको छ ।

त्यस अस्पतालमा अरु पनि कोरोनाका संक्रमितहरुको उपचार जारी रहेको सो अस्पतालले जनाएको छ । ती आमालाई उक्त शिशुलाई दुध चुसाउन दिइएको छ । आमा छोराको उपचार र हेरचाहका लागि अस्पतालका केही कर्मचारी खटाइएको छ ।

शिशु र उनको आमालाई उनको बुबाले भिडियो कन्फ्रन्सिङमार्फत हेर्ने व्यवस्था मिलाइएको थियो । सुत्केरीका आफन्तहरुलाई भने अस्पताल आउन दिइएको छैन ।

भारतमा कतिपय अस्पतालका चिकित्सक र कर्मचारीहरु पनि कोरोना संक्रमित भएका समाचार आएका छन् । मुम्बईमा पनि दुई जना चिकित्सक र अरु पाँचजना नर्ससहित अस्पतालका आठ जना कर्मचारीलाई कोरोना पोजेटिभ देखिएको बुधबार मात्र बताइएको थियो ।

प्राप्त समाचारअनुसार मुम्बइका दुई जना चिकित्सक र पाँच जना स्टाफ नर्सलाई कोरोना पोजेटिभ देखिएको हो । त्यसैगरी सो अस्पतालका अर्का एकजना कर्मचारी पनि यसबाट संक्रमित भएका बताइएको छ ।

भारतमा राजधानी नयाँ दिल्लीमालगायत यहाँका कैयौँ शहरमा कोरोना भाइरसका संक्रमितको संख्या बढ्दै गएको छ । यहाँ हरेक दिन नयाँ नयाँ संक्रमितहरु थपिने क्रम जारी नै रहेका समाचारहरु आइरहेका छन् ।

महाराष्ट्र राज्यमा कारोनाबाट कैयौँ पत्रकार संक्रमित भएका समाचार आएको छ भन्दै उनीहरुको उपचारका लागि यहाँको सरकारले विशेष व्यवस्था गरेको जनाएको छ ।

भारतमा पछिल्ला केही दिनहरुमा कोरोना संक्रमितहरुको संख्या निकै बढ्दै गएको छ । यहाँ बिहीबार प्राप्त समाचारमा २१ हजार ३९३ जना.संक्रमित भएका छन् भने ,६८१ जनाको मृत्यु भएको बताइएको छ ।

प्रकाशित मिति : ११ बैशाख २०७७, बिहीबार  ३ : ०६ बजे

बाणगङ्गा नदीमा फसेका १२ जनाको सकुशल उद्धार

कपिलवस्तु–  जिल्लाको कपिलवस्तु नगरपालिका-६ बर्मेलीस्थित बाणगङ्गा नदीमा शनिबार राति एक्कासि आएको

नदी नियन्त्रण र सिँचाइका लागि १५ करोड बजेट

दमौली– सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना भानुले चालु आर्थिक वर्ष २०८३/८४

मधेश प्रदेशमा इन्जिनियरिङ अध्ययन संस्थानको नयाँ क्याम्पस स्थापना गरिने

काठमाडौँ – सरकारले मधेश प्रदेशमा त्रिभुवन विश्वविद्यालयअन्तर्गत इन्जिनियरिङ अध्ययन संस्थान

भारत-चीन सम्बन्धको लाभ लिन नेपालले रणनीति बदल्नुपर्छ : पूर्वप्रधानमन्त्री भट्टराई

काठमाडौँ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले भारतको नयाँ दिल्लीमा सम्पन्न

ट्रक दुर्घटनामा चालकको मृत्यु

दमौली – पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ कमलाबारीमा आइतबार बिहान ट्रक