कोरोनाको संकटकै बेला विश्वमा थपिए अन्य खतरनाक रोग « Khabarhub

कोरोनाको संकटकै बेला विश्वमा थपिए अन्य खतरनाक रोग


१० जेठ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पुरा विश्व कोरोना भाइरसको कहरसंग जुँधिरहेको छ । यहिबीचमा विश्वका केहि देश भने कोरोना संगसंगै अन्य कैयौं भाइरसको सामना गर्न बाध्य छन् ।

विश्वका केहि देशमा कोरोनाका अलावा अन्य रोगको भाइरसको सामना गर्नुपर्ने बाध्यता छ । जसका कारण ती देश स्वास्थ्यका बिषयमा मात्र केन्द्रित छन् । कुन देशमा कुन रोगको संक्रमण थपियो ?

१. इण्डोनेशिया

इण्डोनेशियामा यस समय कोरोनाका अलावा डेंगूको कहर बढ्दो छ । यस बर्ष अर्थात जनवरी यतामात्र इण्डोनेशियामा डेंगूका ४० हजार बढी संक्रमित थपिएका छन् ।

२. ल्याटिन अमेरिका

अमेरिकाको यस क्षेत्रमा त कोरोनासंगै डेंगूको हालात झनै भयावह छ । यहाँ सन् २०१९ मा डेंगूका संक्रमित सबैभन्दा बढि थिए जो सन् २०२० को बर्षमा अझ बढि रहेको छ ।

३. अर्जेन्टिना

अर्जेटिनामा समेत कोरोना भाइरस भन्दा ज्यादा डेंगूका संक्रमित देखापरेका छन् । साथै डेंगूको मारमा रहेको ब्राजिलमा अहिले कोरोनाको संक्रमण फैलदो छ ।

यस अलावा सिंगापुर, फिलिपिन्स, श्रीलंका, पाकिस्तान, बांगलादेससहित नेपालमा पनि डेंगू संक्रमित फेला पर्दै गएका छन् ।

४. कंगो गणराज्य

मध्य अफ्रिकामा स्थित कंगो गणराज्यमा कोरोनको कहरका बीच इबोलाको प्रकोप थपिएको छ । सन् २०१८ यता इबोलाको संक्रमण झेलेको कंगोमा यस बर्ष सन् २०२० मात्र ३५ सय संक्रमित फेला परेका छन् ।

५. इथियोपिया

इथियोपियामा कोरोनाका साथसाथै जण्डिसको लडाई शुरु भएको छ । कोरोनको संक्रमणबाट बच्न घरभित्र रहन आदेश गरीएपनि मानिसहरु लण्डिसका कारण अस्पतालहरु चहार्न बाध्य छन् ।

६. भारत र दक्षिण अफ्रिका

भारत र दक्षिण अफ्रिकामा कोरोनाका साथ साथै अफ्रिकन स्वाइन ज्वरोको प्रकोप देखापरेको छ ।

७. दक्षिण कैरोलीना

अमेरिकाको दक्षिण कैरोलीनामा बर्ड फ्लूको संक्रमण देखा परेको छ । कैरोलीनामा बर्ड फ्लुका कारण कैंयौ टर्की सहित पक्षीहरु मरेका छन् । एजेन्सीको सहयोगमा

प्रकाशित मिति : १० जेठ २०७७, शनिबार  ९ : ४९ बजे

सुनबरा नदीमा डुबेर बालिकाको मृत्यु

कञ्चनपुर – कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–९ सिसैयाका १० वर्षीया बालिका सञ्जु

कांग्रेस संस्थापन पक्षइतर भेलामा विभिन्न पाँच प्रतिवेदनमाथि छलफल

काठमाडौं – नेपाली कांग्रेसको संस्थापन पक्षइतर राष्ट्रिय भेलामा विभिन्न पाँच

निगमले आइतबार थप सात केन्द्रबाट एलपी ग्यास बिक्रीवितरण गर्ने

काठमाडौं – नेपाल आयल निगमले काठमाडौँ उपत्यकामा अत्यावश्यक उपभोक्ताका लागि

निर्वाचन क्षेत्रका नागरिकका समस्या बुझ्दै गृहमन्त्री

गण्डकी – गृहमन्त्री सुधन गुरुङ नागरिकका समस्या र गुनासा बुझ्न

धवलागिरिको घुम्ती शिविरबाट ६ सय जना लाभान्वित

म्याग्दी – म्याग्दीको धवलागिरि गाउँपालिकाले घुम्ती शिविर सञ्चालन गरेर ६००