पेट्रोलियम डिलर्स एशोसियशनबाट कोरोना परीक्षण माग « Khabarhub

पेट्रोलियम डिलर्स एशोसियशनबाट कोरोना परीक्षण माग


१० जेठ २०७७, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लकडाउनका कारण पेट्रोलियम पदार्थको खपतमा कमी आएकाले पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसिएशनले आफ्ना सदस्य पम्पलाई अति आवश्यकबाहेकका खर्च कटौती गर्न आग्रह गरेको छ ।

लकडाउनका कारण व्यवसायमा भारी गिरावट आएको एशोसिएशनले कर्मचारी कटौतीदेखि पम्पबाट हुँदै आएको उधारो तेल वितरण बन्दलगायत विषयमा पूर्वतयारी गर्न आग्रह गरेको हो ।

भिडियो कन्फ्रेन्समार्फत शुक्रबार बसेको बैठकले अति कम कर्मचारीबाट पम्प सञ्चालन गर्ने, आवश्यक पदार्थको कारोवार गर्ने हुँदा आपूर्ति नियमित राख्न पम्पमा पेट्रोलियम पदार्थ मौज्दा राख्नुपर्ने तथा पूँजीगत खर्च कम गर्नुपर्ने तथा पम्पबाट उधारो तेल वितरण बन्द गर्ने निर्णय गरेको एशोसिएशनका अध्यक्ष लिलेन्द्रप्रसाद प्रधानले जानकारी दिए ।

उनका अनुसार बैठकले नगदमा मात्र कारोबार गर्नुपर्ने, अत्यावश्यकबाहेकका खर्च कटौती गर्ने र स्थानीय निकायसँगको समन्वयमा इन्धन वितरण प्रभावकारी बनाउन सबै व्यवसायीलाई आग्रह गर्ने निर्णय गरेको छ ।

सरकारले पेट्रोलियम पदार्थलाई अत्यावश्यक सूचीमा राखे पनि पेट्रोल पम्पका कर्मचारीलाई काममा आउँदा पासको समस्या हुने गरेको उनले जानकारी दिए ।

‘अतिआवश्यक क्षेत्र भने तापनि समन्वय नहुँदा समस्या भयो, लकडाउन अझै थपिँदै गए ५० प्रतिशत सम्म कर्मचारी कटौती हुनेछ’, उनले भने, ‘पम्प सञ्चालन भए पनि खपत न्यून छ, हाम्रा कर्मचारीहरु पम्पसम्म समेत आउन समस्या भएको छ, घरमा नै कर्मचारीलाई राखेर सेवासुविधा दिए पनि पछिल्लो दिनमा समस्या हुने देखिएको छ ।’

एशोसिएशनले आवश्यकतानुसार कर्मचारी कटौती गरेर अति कमबाट कारोवार सञ्चालनको तयारी गरेको उनले जानकारी दिए । उनका अनुसार एशोसिएशनमा आबद्ध एक हजार पाँच सय पम्पमा करीब पाँच हजार कर्मचारी छन् । एउटा पम्पमा पाँचदेखि १० कर्मचारीले काम गर्दै आएका छन् ।

एशोसिएशनले निरन्तर नेपाल आयल निगमलाई कर्मचारीको कोरोना परीक्षण गर्न माग राखे पनि सुनुवाइ नभएको उनले बताए । ‘हामीले निरन्तर जोखिम मोलेर काम गरेका कर्मचारीको परीक्षण गर्न माग गरेका छौँ, निगमले आफ्ना कर्मचारीको मात्र परीक्षण गरेर हाम्रा कर्मचारीलाई वेवास्ता गर्‍यो’, उनले भने ।

एशोसिएशनका अनुसार हाल सम्पूर्ण पम्प खुला रहेको र पर्याप्त मात्रामा तेल छ । लकडाउनका शुरुवाती दिनमा पेट्रोलियम पदार्थको खपतमा कमी आए पनि पछिल्लो समय तराईमा खेतीको याम शुरु हुँदा डिजेलको मागमा वृद्धि भएको छ ।

प्रकाशित मिति : १० जेठ २०७७, शनिबार  १ : ०१ बजे

प्रधानन्यायाधीश सिफारिस गर्दा प्रधानमन्त्रीले नै बोले झुट, कार्यसम्पादनमा फुयाँल अगाडि, शर्मा तेस्रो

काठमाडौं– बिहीबार संवैधानिक परिषद् बैठकले प्रधानन्यायाधीशका क्रममा गरेको सिफारिसपछि सरकारले

‘साहसिक खेलमार्फत कोशीको पर्यटन प्रवर्द्धन गर्छौँ’

धरान (सुनसरी)- कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले साहसिक खेलमार्फत प्रदेशको

पूर्वानुमान र विपद् पूर्वतयारीलाई प्रभावकारी बनाउनुपर्छ : मन्त्री श्रेष्ठ

काठमाडौं- ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले मौसम पूर्वानुमान र

टिपरको ठक्करबाट एक जनाको मृत्यु

त्रिवेणी (नवलपरासी)- नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा टिपरले मोटरसाइकलाई ठक्कर दिँदा

नातिकाजी स्मृति समाजद्वारा २१ जना कलाकार पुरस्कृत

काठमाडौं- नातिकाजी स्मृति समाजले विभिन्न २१ जना कलाकारलाई सम्मान गरेको