भारतमा ६६ वर्षीय क्यान्सरका बिरामीले कोरोनाविरुद्धको लडाइँ जिते « Khabarhub

भारतमा ६६ वर्षीय क्यान्सरका बिरामीले कोरोनाविरुद्धको लडाइँ जिते


१० जेठ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लखनउ- भारतमा एकजना ६६ वर्षका क्यान्सर रोगीले कोभिडलाई जितेका छन् । यसले कोभिडका विरुद्धको लडाईँमा एउटा सकारात्मक सन्देशको प्रवाह गरेको बताइएको छ ।

कोभिड १९ को संक्रमणमा परेका उनी एक हप्ताको अस्पताल बसाईपछि उनी आज डिस्चार्ज भएका छन् । कोरोना भाइरस संक्रमित उनको एकहप्ताको वसाईपछि रिपोर्ट नेगेटिभ आएपछि आज डिस्चार्ज भएका भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

उनी लखनउको केजिएमयु अस्पतालमा रहेका थिए । त्यहाँ एक हप्ताबसेपछि गरिएको पछिल्लो स्वास्थ्य जाँचमा रिपोर्ट नेगेटिभ आएको थियो ।लखनउको किङ जर्ज मेडिकल युनिभर्सिटीका उपकुलपति एमएलबी भाटले सोही अस्पतालमा क्यान्सरको उपचार गराइरहेका ती विरामीलाई कोभिड लागेको र निको भएको जानकारी दिए ।

उनले ती विरामी सन् २०१९ को मे देखि अगष्ट महिनासम्म क्यान्सरको उपचार गराएका थिए ।क्यान्सर, सुगर, उच्चरक्तचाप लगायतका विरामीलाई कोभिड निको हुन समय लाग्ने या बाँच्ने सम्भावना पनि कम हुने भनिएका बेला ती विरामी भने हप्ता दिनमा नै निको भएर फर्किएकाले कोभिडका विरुद्धको लडाईँमा थप आशा जागेको भाटले बताए ।

भारतको उत्तर प्रदेश राज्यमा मात्र ५ हजार ७३५ जना कोभिडका संक्रमित छन् । यहाँका ३ हजार २३८ जना निको भएर घर फर्र्किएका छन् । यस प्रदेशका १५२ जना संक्रमितको कोभिड १९ बाट ज्यान गएको बताइएको छ । भारतमा शनिबार बिहानसम्म १ लाख २५ हजार भन्दा बढी मानिस कोरोना भाइरस संक्रमित रहेका बताइएको छ ।

प्रकाशित मिति : १० जेठ २०७७, शनिबार  १ : ५९ बजे

देउवाको निर्णय गगनले कार्यान्वयन गर्दा राष्ट्रिय सभामा पहिलो दल बन्यो कांग्रेस

काठमाडौं– राष्ट्रियसभाको रिक्त १९ मध्ये १८ सिटका लागि आइतबार आएको

उपचारका क्रममा किशोरीको मृत्यु भएपछि अवस्था तनावग्रस्त

बरहथवा– सर्लाहीको लालबन्दी नगरपालिकास्थित नवलपुरमा एक किशोरीको उपचारका क्रममा मृत्यु भएपछि

घरदैलोमा पुगिसके उम्मेदावर, अझै तयार भएनन् दलका घोषणापत्र

काठमाडौं- आगामी फागुन २१ का लागि तोकिएको निर्वाचन आउन अब

मधेस प्रदेशबाट राष्ट्रियसभा सदस्य निर्वाचनमको अन्तिम नतिजा सार्वजनिक

महेन्द्रनगर– मधेस प्रदेशमा सम्पन्न राष्ट्रियसभा सदस्य निर्वाचन २०८२ को अन्तिम