भारतमा ६६ वर्षीय क्यान्सरका बिरामीले कोरोनाविरुद्धको लडाइँ जिते « Khabarhub

भारतमा ६६ वर्षीय क्यान्सरका बिरामीले कोरोनाविरुद्धको लडाइँ जिते


१० जेठ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लखनउ- भारतमा एकजना ६६ वर्षका क्यान्सर रोगीले कोभिडलाई जितेका छन् । यसले कोभिडका विरुद्धको लडाईँमा एउटा सकारात्मक सन्देशको प्रवाह गरेको बताइएको छ ।

कोभिड १९ को संक्रमणमा परेका उनी एक हप्ताको अस्पताल बसाईपछि उनी आज डिस्चार्ज भएका छन् । कोरोना भाइरस संक्रमित उनको एकहप्ताको वसाईपछि रिपोर्ट नेगेटिभ आएपछि आज डिस्चार्ज भएका भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

उनी लखनउको केजिएमयु अस्पतालमा रहेका थिए । त्यहाँ एक हप्ताबसेपछि गरिएको पछिल्लो स्वास्थ्य जाँचमा रिपोर्ट नेगेटिभ आएको थियो ।लखनउको किङ जर्ज मेडिकल युनिभर्सिटीका उपकुलपति एमएलबी भाटले सोही अस्पतालमा क्यान्सरको उपचार गराइरहेका ती विरामीलाई कोभिड लागेको र निको भएको जानकारी दिए ।

उनले ती विरामी सन् २०१९ को मे देखि अगष्ट महिनासम्म क्यान्सरको उपचार गराएका थिए ।क्यान्सर, सुगर, उच्चरक्तचाप लगायतका विरामीलाई कोभिड निको हुन समय लाग्ने या बाँच्ने सम्भावना पनि कम हुने भनिएका बेला ती विरामी भने हप्ता दिनमा नै निको भएर फर्किएकाले कोभिडका विरुद्धको लडाईँमा थप आशा जागेको भाटले बताए ।

भारतको उत्तर प्रदेश राज्यमा मात्र ५ हजार ७३५ जना कोभिडका संक्रमित छन् । यहाँका ३ हजार २३८ जना निको भएर घर फर्र्किएका छन् । यस प्रदेशका १५२ जना संक्रमितको कोभिड १९ बाट ज्यान गएको बताइएको छ । भारतमा शनिबार बिहानसम्म १ लाख २५ हजार भन्दा बढी मानिस कोरोना भाइरस संक्रमित रहेका बताइएको छ ।

प्रकाशित मिति : १० जेठ २०७७, शनिबार  १ : ५९ बजे

पहिराले अरनिको राजमार्ग अवरुद्ध

काठमाडौं – केही दिन यतादेखि परेको वर्षाका कारण आएको पहिराका

एक हजार ५९५ पदाधिकारी एकैपटक पदमुक्त : कुन क्षेत्रमा कति ? (विवरणसहित)

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा ‘सार्वजनिक पदाधिकारीको पदमुक्त

‘मेरो स्कुल’ कृति सार्वजनिक

काठमाडौं – लेखिका मीना खड्काको पहिलो कृति ‘मेरो स्कुल’ सार्वजनिक

कुन-कुन निकायका पदाधिकारीहरू हुँदैछन् पदमुक्त ? (सूचीसहित)

काठमाडाैं – राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष

मुलुकका विभिन्न स्थानबाट लागुऔषधसहित २२ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट लागुऔषधसहित २२ जनालाई पक्राउ