अमेरिकामा कोरोनाबाट ज्यान गुमाउनेको संख्या एक लाख २२ हजार नाघ्यो « Khabarhub

अमेरिकामा कोरोनाबाट ज्यान गुमाउनेको संख्या एक लाख २२ हजार नाघ्यो


९ असार २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- संयुक्त राज्य अमेरिकामा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या एक लाख २२ हजार नाघेको छ।

मंगलबार बिहानसम्म अमेरिकामा एक लाख २२ हजार ६०२ जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ।

कोरोना संक्रमणबाट अमेरिका सबैभन्दा धेरै आक्रान्त छ। त्यहाँ अहिलेसम्म संक्रमितको संख्या २३ लाख ८७ हजार २३९ पुगेको छ। सोमबार त्यहाँ ३० हजार पाँच सय भन्दा धेरैमा संक्रमण पुष्टि भएको छ भने ३५५ जनाले ज्यान गुमाएका छन्।

विश्वभर अहिलेसम्म कोरोना संक्रणबाट ज्यान गुमाउनेको संख्या चार लाख ७३ हजार ४५४ पुगेको छ। ९१ लाख ७९ हजार १०८ जना संक्रमित भएका छन्।

सोमाबार विश्वभर एक लाख ३७ हजार २०८ आठ जना नयाँ संक्रमित थपिएका छन् भने तीन हजार ८५८ जनाको ज्यान गएको छ।

प्रकाशित मिति : ९ असार २०७७, मंगलबार  ७ : ५१ बजे

एमाले तटस्थ बस्दा श्रमसंस्कृतिकी रुबीको पक्षमा उभियो कांग्रेस

काठमाडौं- प्रतिनिधिसभाको उपसभामुखको निर्वाचनका क्रममा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले श्रम

उपसभामुखको निर्वाचमा तटस्थ बस्यो एमाले

काठमाडौं– प्रतिपक्षी दल नेकपा एमालेले शुक्रबार जारी उपसभामुखको निर्वाचनमा आफूलाई

राष्ट्रपतिको सम्बोधनका लागि राष्ट्रियसभाबाट धन्यवाद ज्ञापन

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई

रास्वपाबारे खुश्बु ओली : धोका पायौँ, अबदेखि विश्वास गर्नै नसकिने उदाहरण बन्यो

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद खुश्वु ओलीले राष्ट्रिय

परराष्ट्रमन्त्री खनाल र भारतीय समकक्षी जयशंकरबीच मौरिससमा भेटवार्ता

काठमाडौं- भारतीय विदेश मन्त्री एस. जयशंकर र परराष्ट्र मन्त्री शिशिर