महावीरले बनाउन लागेको ‘स्वाब संकलन’ मेसिनका लागि थप सामग्री आइपुग्यो « Khabarhub

महावीरले बनाउन लागेको ‘स्वाब संकलन’ मेसिनका लागि थप सामग्री आइपुग्यो


९ असार २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालमा कोरोना भाइरसको रोकथामका लागि सक्रिय भूमिका निभाउँदै आएको राष्ट्रिय आविष्कार केन्द्रले बनाउन लागेको स्वाब संकलन मेसिनका लागि आवश्यक थप सामग्री आइपुगेको छ ।

आविष्कार केन्द्रका अध्यक्षसमेत रहेका महावीर पुनले जापानबाट थप सामग्री आइपुगेको जानकारी दिएका हुन् । आविष्कार केन्द्रका अध्यक्ष तथा सामाजिक अभियन्ता पुनले आवश्यक सामग्री केहीदिन अघि पनि आएको जानकारी दिएका थिए ।

उनका अनुसार १४ लाख रुपैयाँ मूल्य पर्ने कोरोना स्वाब निकाल्ने सुइरो बनाउने थ्रीडी प्रिन्टर र अन्य सामाग्री नेपाल एअरलाइन्समार्फत केहि दिनअघि काठमाडौं आइपुगेको थियो ।

उनले फेसबुकमा लेखेका छन्, ‘जापानबाट धेरै दाताहरुको सहयोगमा तेस्रो लटको थुप्रै सामानहरु राष्ट्रिय आविष्कार केन्द्रलाई दान प्राप्त भयो । सबै सहयोगीहरुलाई धेरै धन्यबाद ।’

उनले कोरोना जस्तो महामारीसहित कुनै पनि युद्ध लड्नको लागि विभिन्न किसिमको हात हतियारहरु चाहिन्छ र ती हात हतियारहरु बनाउनको लागी औजार र कच्चा पदार्थहरु चाहिने हुँदा सहयोगको अपेक्षा गरेको बताएका छन् ।

‘अहिलेको लक डाउनको अवस्थामा कोरोनासँग लड्न विभिन्न किसिमका सामानहरु बनाउनको लागि चाहिने कच्चा पदार्थ र औजारहरु जसरी हुन्छ, जहाँ बाट हुन्छ कुनै पनि हालतमा खोजेरै भए पनि काम गर्नु पर्ने स्थिति भएकोले बाध्य भएर त्यस्ता सामानहरु ल्याउन सहयोगको लागि अनुरोध गरिरहेका हौं र सहयोग पनि पाई रहेको छौं ।’, उनले फेसबुकमा लेखेका छन् ।

प्रकाशित मिति : ९ असार २०७७, मंगलबार  ११ : ०८ बजे

यस्तो छ, पोखरा र सुदूरपश्चिमको प्लेइङ इलेभेन

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको खेलमा पोखरा

फ्लेभियो बोल्सोनारो र परिवारलाई अमेरिकाले भिसा दिने

एजेन्सी-ब्राजिलको राष्ट्रपति निर्वाचनमा लुइज इनासियो लुला दा सिल्भासँग पराजित फ्लेभियो

भारत–पाकिस्तान युद्ध रोक्न २५० प्रतिशत भन्सार शुल्कको धम्की दिएको ट्रम्पको दाबी

एजेन्सी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र पाकिस्तानबीचको सैन्य द्वन्द्व

टस जितेको सुदूरपश्चिमले बलिङ रोजेपछि पहिले ब्याटिङ गर्दै पोखरा

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको खेलमा पोखरा

मुख्य धानखेत बगरमा परिणत

रसुवा– उत्तरगया गाउँपालिका वडा नं ४ र ५ को मुख्य