सांसद भुसालको प्रश्न – के नेपाल भारतको चंगुलमा बस्नुपर्छ ? « Khabarhub

सांसद भुसालको प्रश्न – के नेपाल भारतको चंगुलमा बस्नुपर्छ ?


९ असार २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाका सांसद बेदुराम भुसालले के नेपाल भारतको चंगुलमा बस्नुपर्छ भन्दै प्रश्न गरेका छन् ।

राष्ट्रियसभाको मंगलबार बसेको बैठकमा नेकपा सांसद वेदुराम भुसालले अंगीकृत नागरिकतासम्बन्धी नयाँ व्यवस्थाले राजनीतिक दुर्घटना हुने प्रमुख विपक्षी नेपाली कांग्रेसको चेतावनीको प्रतिवाद गर्दै यो निर्णय नेपालले स्वतन्त्र रुपले गरेको बताए ।

उनले भने, ‘चीनसँगको हरेक बहसलाई नकारात्मक हेर्ने गरिएको छ । कोदारी राजमार्ग बन्दै गर्दा पनि यही कुरा उठाइएको थियो । नेपालमा नाकाबन्दी गर्दा पनि त्यही कुरा उठाइएको हो । आज पनि नेपाललाई त्यतैतिर लैजान खोजिएको हो ।’

नेता भुसालले भने, ‘के नेपाल सँधै भारतको चंगुलमा बस्नुपर्छ ? त्यसो होइन भने नेपालले स्वतन्त्र ढंगले निर्णय गर्दा भारतबाट टाढा भएको किन भनिन्छ ? किन चीनतिर ढल्कियो भनिन्छ ?’

यो कानुन बनाउँदा मुठभेड गर्नुपर्ने कुनै कारण नभएको नेकपा सांसद भुसालले बताए । ‘के भारतसँग जोडिएन ? भारतको छोटे भाइ भएन भनेर मुठभेड गराउन खोज्दै हुनुहुन्छ ? त्यसमा पनि नेपाली हुँ भन्नेहरु नै मुठभेड गराउँछौं, आगो लगाउँछौं भन्नुको कारण मैले बुझेको छैन,’ उनले भने ।

भारतमा पनि भारतीय नागरिकसँग बिहे गरेको ७ वर्षपछि मात्र नागरिकताका लागि आवेदन दिने व्यवस्था रहेको र अरु देशमा पनि त्यस्तै व्यवस्था रहेको भन्दै नेकपा सांसद भुसालले यसको विरोध गर्नुको कुनै तुक नभएको बताए ।

कांग्रेसले राजनीतिक अभिष्टका लागि मात्र नयाँ व्यवस्थाको विरोध गरेको उनको दाबी छ । आइतबारको बैठकमा कांग्रेस सांसद जितेन्द्रनारायण देवले नेपाली पुरुषसँग बिहे गर्ने विदेशी महिलालाई ७ वर्ष नेपालमा स्थायी बसोबास गरेपछि अंगीकृत नागरिकता दिने प्रस्तावको विरोध गरेका थिए । नेकपाले नेपाललाई चीनको झोलीमा लैजान खोजेको र यसले राजनीतिक दुर्घटना हुने उनको चेतावनी थियो ।

तर नेकपा सांसद भुसालले कांग्रेस सांसद देवको नाम नलिइकनै मंगलबारको बैठकमा उनको दाबीको खण्डन गरेका छन् ।

प्रकाशित मिति : ९ असार २०७७, मंगलबार  १२ : ५४ बजे

अबको कांग्रेस गगन–विश्वको हो : पूर्व डीआईजी खरेल

काठमाडौं– नेपाल प्रहरीका पूर्व डीआईजी रमेश खरेलले पार्टी सभापति शेरबहादुर

माघेसङ्क्रान्तिमा देवघाट जान निःशुल्क बस सेवा

चितवन– माघेसङ्क्रान्तिको अवसरमा देवघाट क्षेत्रमा आठ वटा बसले निःशुल्क सेवा

बीपीएल : शीर्ष स्थानमा रहेको सन्दीपको टिमको खेल आज

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल) अन्तर्गत नेपाली लेग स्पिन

बाँकेमा जलपन्छीको वासस्थान जोखिममा

नेपालगन्ज– बाँकेमा पानीमा आश्रित जलपन्छीको वासस्थान जोखिममा रहेको पाइएको छ

पुष्पलाल मध्यपहाडी लोकमार्ग : यात्रु र चालकलाई सास्ती

पर्वत– पुष्पलाल मध्यपहाडी लोकमार्गअन्तर्गत पर्वत खण्ड मर्मत सुरु गरिएको छ