देश चौतर्फी संकटमा फस्दै गयो- डा. भट्टराई « Khabarhub

देश चौतर्फी संकटमा फस्दै गयो- डा. भट्टराई


९ असार २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- जनता समाजवादी पार्टीका नेता तथा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले देश संकटमा फस्दै गएको बताएका छन्।

कोरोना महामारी र बेरोजगारी वृद्धि भइरहेकोतर्फ संकेत गर्दै भट्टराईले सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी नेकपा यी समस्या समाधानतिर भन्दा गुटको जालोमा फसेको उल्लेख गरेका छन्।

ट्वीटमार्फत उनले भनेका छन्, ‘देश चौतर्फी संकटमा फस्दैछ । कोरोना चर्किंदैछ। अर्थतन्त्र थला पर्दैछ।’

उनले विदेशबाट फर्केका र स्वदेशमै रहेका लाखौं वेरोजगार युवाको ताती बढेको उनको भनाइ छ।

‘एमसिसिको टुंगो छैन। नागरिकता बल्झिँदैछ,’ उनले भनेका छन्, ‘सत्ताधारी दल गुटको जालोमा फसेको छ। प्रधानमन्त्री उखान टुक्का/छेडखानीमा व्यस्त छन्। संकटको निकास खोजौं।’

प्रकाशित मिति : ९ असार २०७७, मंगलबार  १ : २३ बजे

लुम्बिनी प्रदेशसभा बैठक : समसामयिक विषयमा छलफल

लुम्बिनी– लुम्बिनी प्रदेशसभाको बैठकमा सङ्घीय र प्रदेश सरकारसँग सरोकार राख्ने

वैदेशिक रोजगार उद्धार नेपाल काठमाडौं संस्थाका सञ्चालक गोले पक्राउ

काठमाडौं– प्रहरीले वैदेशिक रोजगार पीडितलाई ठगी गर्ने वैदेशिक रोजगार उद्धार

मधुवा रोगले मधेस प्रदेशमा आँप उत्पादन घट्ने अनुमान

जनकपुरधाम– मधेस प्रदेश कृषि विकास निर्देशनालय जनकपुरधामले आँपको रुखमा मधुवारोग

सडक पुगेपछि सहज बन्यो गाउँलेको दैनिकी

चितवन– घरसम्मै गाडी पुगेपछि यहाँको इच्छाकामना गाउँपालिका–२ घुर्केसकी विसु गुरुङको