साउदी अरबमा नेपाल एयरलाइन्सको पहिलो पटक चार्टर उडान « Khabarhub

साउदी अरबमा नेपाल एयरलाइन्सको पहिलो पटक चार्टर उडान

नियमित उडानमा जोड


९ असार २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय ध्वजाबाहक नेपाल एयरलाइन्सले पहिलो पटक साउदी अरबमा चार्टर उडान गरेको छ । कोरोना महामारीका कारण समस्यामा परेका नेपालीको उद्धार नेपाल एयरलाइन्समार्फत भएको हो ।

गत आइतबार साउदी अरबको रियादबाट २४७ जना नेपालीको उद्धार भएकोमा मंगलबार राति फेरि अर्को चार्टर विमान जेद्दा उड्दैछ ।

जेद्दाबाट नेपाल एयरलाइन्सको विमान बुधबार नेपाली श्रमिक लिएर स्वदेश फर्किने तालिका छ । पहिलो पटक साउदी अरबको रियाद पुगेको नेपाल एयरलाइन्सको विमानले जेद्दामा पनि पहिलो पटक नै उडान भर्न लागेको हो ।

यो चार्टर उडानका लागि नेपाल एयरलान्समार्फत गिल्ट ट्राभल्स र जियोल्याण्ड ट्राभल्सले बुकिङको जिम्मा पाएको छ । जसअनुसार जेद्दाको चार्टर उडानमा मंगलबार दिउँसोसम्म २०० जनाको बुकिङ भइसकेको जियोल्याण्ड ट्राभल्सका प्रबन्ध निर्देशक शरद शर्माले जानकारी दिए ।

नेपाल एयरलाइन्सको विमान साउदीसम्म लैजान साउदीको जेद्दास्थित कन्सुलेन्ट रेवती पौडेलको पहल रहेको बताइएको छ ।

अहिले संकटको बेला नेपाल एयरलाइन्स साउदीसम्म पुगेको भन्दै शर्माले अवस्था सामान्य भएपछि पनि नियमित उडानको पहल हुनुपर्नेमा जोड दिए ।

ठूलो संख्यामा नेपाली रहेको साउदीमा नियमित उडान हुन सके देशको आर्थिक समृद्धिमा टेवा पुग्न सक्ने उनको भनाइ छ ।

पहिलो चरणमा सरकारले साउदीबाट ३ हजार ३ सय १२ नेपालीको उद्दार गर्दैछ ।

प्रकाशित मिति : ९ असार २०७७, मंगलबार  ५ : ३७ बजे

परराष्ट्रमन्त्री खनाल टुभालुमा, जलवायु परिवर्तनको अवसरबारे छलफल

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी संरचना महासन्धि

बिलबिजक बिनाका ६३ थान मोबाइलसहित दुई जना पक्राउ

चितवन– बिलबिजक बिना बिक्रीका लागि राखिएका ६३ थान मोबाइलसहित दुई

बेनी–जोमसोम–कोरला सडकको मर्मत जारी

म्याग्दी– पछिल्लो मनसुनजन्य विपद्पछि बाढी पहिरोका कारण क्षतविक्षत बनेको चीन

चाडपर्वलाई सुरक्षित र मर्यादित बनाउन खोटाङमा सात बुँदे प्रतिबद्धतापत्र जारी

खोटाङ– दशैँ–तिहार तथा छठ पर्वलाई सुरक्षित र मर्यादित बनाउने उद्देश्यका

बाढीले झोलुङ्गे पुलमा क्षति, आवतजावतमा समस्या

तनहुँ– यही असोज ९, १० र ११ गते वर्षासँगै आएको