नागरिकता विधेयकको विरोध गर्दै रौतहट र सप्तरीमा प्रदर्शन « Khabarhub

नागरिकता विधेयकको विरोध गर्दै रौतहट र सप्तरीमा प्रदर्शन


९ असार २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रौतहट- विदेशी बुहारीलाई ७ वर्षपछि अंगीकृत नागरिकता दिने विधेयक खारेजीको माग गर्दै रौतहट र सप्तरीमा प्रदर्शन भएको छ ।

जनता समाजवादी पार्टी नेपाल (जसपा)को आयोजनामा रौतहटको गरुडा बजारमा विधेयक विरुद्ध प्रदर्शन भएको हो  ।

जसपा जिल्ला ईन्चार्ज बृज किशोर यादवको नेतृत्वमा भएको प्रदर्शनमा नेता कार्यकर्ताको सहभागिता रहेको थियो ।

नेकपाको सरकारले षड्यन्त्रपूर्ण तरिकाले समितिबाट विधेयक पारित गरेर भारतसँगको रोटीबेटीको सम्बन्ध तोड्ने दुस्साहस गरेको उनीहरुको आरोप थियो ।

यसैबीच नागरिकता संशोधन विधेयक विभेदकारी रहेको भन्दै जसपा निकट युवा र विद्यार्थीहरुले मंगलबार साँझ सप्तरीको सदरमुकाम राजविराजमा प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेका छन् ।

उक्त विधेयकको खारेजीको मागसहित उनीहरुले राजविराजमा प्रदर्शनपछि स्थानीय नेताचोकमा प्रधानमन्त्रीको पुत्ला जलाएका हुन् । पुत्ला जलाउने क्रममा प्रदर्शनकारी र प्रहरीबीच पटक पटक झडप भएको थियो ।

प्रकाशित मिति : ९ असार २०७७, मंगलबार  ७ : ४६ बजे

महाधिवेशनपछि यस्तो बन्नेछ कांग्रेसको केन्द्रीय संरचना

काठमाडौँ– नेपाली कांग्रेसले इतिहासमै सबैभन्दा ठूलो आकारको केन्द्रीय समितिको संरचना

कांग्रेस महाधिवेशनमा ७ हजार ११४ मतदाता (नामावलीसहित)

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन काठमाडौँको खुलामञ्चमा जारी रहेको छ

अर्थमन्त्री वाग्ले र विश्व बैंक समूहका अध्यक्ष बाङ्गाबीच भेटवार्ता

काठमाडौँ– अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र विश्व बैंक समूहका अध्यक्ष

बिपीको विचार र १५औँ महाधिवेशन : कांग्रेस नेतृत्वको फेरबदलमाथि जगत नेपालको विश्लेषण

काठमाडौँ – आइतबारदेखि नेपाली कांग्रेसको १५ औँ महाधिवेशन सुरु भएको

यूईएफए नेसन्स लिग : बेल्जियममाथि फ्रान्सको सानदार जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा बेल्जियममाथि फ्रान्सले सानदर जित निकालेको छ