पासको दुरूपयोग गर्ने दुई चालक पक्राउ, यात्रुसँग २१ हजारसम्म असुलेको पाइयो « Khabarhub

पासको दुरूपयोग गर्ने दुई चालक पक्राउ, यात्रुसँग २१ हजारसम्म असुलेको पाइयो


९ असार २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सवारी पास दुरूपयोग गरी यात्रु ओसारपसार गर्ने दुई जना चालकलाई आज प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय प्रहरी वृत्त थानकोट तथा महानगरीय प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरी टोलीले पास दुरूपयोग गर्ने दुई चालकलाई पक्राउ गरी कारवाही थालेको छ ।

पक्राउ पर्नेमा नेपालगञ्जबाट काठमाडौँ आउँदै गरेको ना५ख २२८५ नम्बरको बसका चालक बाँके कोहलपुर नगरपालिका–२ का ३७ वर्षीय सूर्यकिरण कर्माचार्य र कैलालीबाट काठमाडौँ आउँदै गरेको ना६ख १३४० नम्बरको बसका चालक कैलाली गोदावरी–१ का ३१ वर्षीय लोकबहादुर खत्री रहेका छन् ।

कर्माचार्यले भारतबाट आएका नेपालीलाई विभिन्न जिल्लामा पु¥याउने उद्देश्यले जिल्ला प्रशासन कार्यालय बाँकेबाट जारी भएको पास बोकी रुपेडिया नाकाबाट तीन जना यात्रु तथा नेपालगञ्जबाट चार जना यात्रु ल्याएको फेला परेको छ । उनले उनीहरुबाट रु २१ हजार असुलेको पाइएको छ ।

खत्रीले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय काठमाडौँबाट कृषि तथा पशुपक्षीजन्य कार्य गर्न जारी भएको पास बोकी कैलालीबाट १२ जना यात्रु ल्याएको पाइएको छ । उनले रु १८ हजार भाडा लिएको पाइएको छ ।

सरकारले कोभिड–१९ रोकथामका लागि सङ्क्रामक रोग २०२० को दफा २ अन्तर्गत एक जिल्लाबाट अर्को जिल्ला आवतजावत गर्न अनिवार्य रुपमा सम्बन्धित जिल्ला प्रशासन कार्यालयको सवारी पास लागू गरेको छ ।

सोही सन्दर्भमा नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको २०७७ जेठ २८ गतेको निर्णय नं १ (ड) मा यात्रुवाहक सार्वजनिक सवारी साधन सञ्चालन नगर्ने व्यवस्थासमेत गरेकामा ती चालकहरुले भाडा असुल गरी यात्रु ओसारपसार गरी कोभिड–१९ रोगको जोखिमलाई बेवास्ता गरेको पाइएको छ ।

उनीहरुविरुद्ध सङ्क्रामक रोग ऐन, २०२० मा उल्लेखित कानूनी व्यवस्थाको उल्लङ्घन गरेकाले आवश्यक कारवाहीका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौँ पठाइएको महानगरीय प्रहरी वृत्त थानकोटका प्रहरी नायब उपरीक्षक घनश्याम श्रेष्ठले जानकारी दिनुभयो ।

प्रकाशित मिति : ९ असार २०७७, मंगलबार  ७ : २१ बजे

मनसुनजन्य विपद् न्यूनीकरणमा समन्वय तीव्र : प्राधिकरण

काठमाडौं– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मनसुनजन्य विपद्को

मधेश प्रदेशसभा : बजेटलगायतका समस्या समाधान गर्न कार्यदल गठन

जनकपुरधाम– मधेश प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटलगायतका विषयमा

नगर प्रहरी नदेखिएपछि न्युरोडको फुटपाथ फेरि अस्तव्यस्त (तस्बिरहरू)

काठमाडौं– केही दिनअघिसम्म काठमाडौं महानगरपालिकाका नगर प्रहरी नियमित रूपमा सडकमा

इरान–अमेरिका तनावबीच ओमान नजिक जहाजमा आक्रमण, १० भारतीयको उद्धार

मस्कट- इरान–अमेरिका तनावकाबीच ओमान नजिक व्यावसायिक जहाजमाथि भएको आक्रमणमा परेका

दुर्गा प्रसाईंको दाबी : वालेन्द्रको सरकार दशैँसम्म जाँदैन, टिकाएर देखाओ

काठमाडौं- ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’का संयोजक