प्रहरी र स्वास्थ्यकर्मीमा कोरोना पुष्टि, प्रहरी कार्यालय र अस्पताल बन्द « Khabarhub

प्रहरी र स्वास्थ्यकर्मीमा कोरोना पुष्टि, प्रहरी कार्यालय र अस्पताल बन्द


८ श्रावण २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

स्याङ्जा- कोरोना महामारी नियन्त्रण र रोकथाम गर्न खटिएका तीन जना प्रहरीलाई नै संक्रमण भएपछि जिल्ला प्रहरी कार्यालय प्रवेशमा रोक लगाइएको छ।

सुरक्षाकर्मी र स्वास्थ्यकर्मीमा सङ्क्रमण पुष्टि भएसँगै सेवाग्राहीलाई सतर्क रहन आग्रह गरिएको छ। मंगलबार जिल्ला प्रहरी कार्यालय स्याङ्जाका ३ जना सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि भएको थियो।

सङ्क्रमित सुरक्षाकर्मीलाई करेण्डाँडास्थित आइसोलेसनमा राखिएको छ। जिल्ला प्रहरी कार्यालय स्याङ्जाले अर्को सूचना जारी नभएसम्मका सेवाग्राहीलाई कार्यालय प्रवेशमा रोक लगाएको हो। सेवाग्राहीले निवेदन वा जाहेरी दिनु परेमा जिल्ला विद्युतीय माध्यम प्रयोग गर्न आग्रह गरिएको प्रहरी नायब उपरीक्षक राजेन्द्र अधिकारीले जानकारी दिए।

जनताको गुनासो र सेवामा आफूहरु तत्पर रहेको बताउँदै अधिकारीले भने, ‘कार्यालयभित्रका प्रहरीलाई बाहिर जान र सेवाग्राहीलाई भित्र प्रवेश गर्नमा रोक लगाएका छौँ, हाम्रो कार्यालयसँग सम्बन्धित कुनै काम परे सेवाग्राहीहरूले १०० डायल गर्न र इमेल/इन्टरनेटको प्रयोग गर्न सक्नुहुनेछ।’

विभिन्न संघ-संस्थालाई पनि जिमेलमार्फत पत्राचार गर्न आग्रह गरिएको अधिकारीले जानकारी दिए। गल्याङ नगरपालिकास्थित गल्याङ नगर अस्पतालको स्वास्थ्यकर्मीमा समेत कोरोना सङ्क्रमण देखिएपछि अस्पतालबाट प्रदान भैरहेको सेवा प्रवाह बन्द गरिएको छ।

हालसम्म स्याङ्जामा २०४ जना सङ्क्रमित भेटिएकामा १८ जना आइसोलेसनमा छन् दुई जनाको मृत्यु भएको छ। बाँकी १८४ जनाले कोरोनालाई जितेर घर फर्केका छन्।

प्रकाशित मिति : ८ श्रावण २०७७, बिहीबार  १० : १० बजे

शान्ति स्थापनाका लागि १० हजारसम्म सुरक्षाकर्मी पठाउन तयार छौँ : मन्त्री खनाल

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घीय शान्ति स्थापनाका अभियानमा

परराष्ट्रमन्त्री खनाल र फिनल्यान्डका विदेशमन्त्रीबीच भेटवार्ता

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनाल र फिनल्यान्डका विदेशमन्त्री एलिना भाल्टोनेनबीच

कांग्रेस हेटौँडाको नगर सभापतिमा ७ मतले कोइराला निर्वाचित

काठमाडौँ । नेपाली कांग्रेस हेटौँडा उपमहानगर समितिको सभापति पदमा रामकृष्ण

एमाले केन्द्रीय कमिटी बैठक : अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत पारित

काठमाडौं – नेकपा एमाले केन्द्रीय कमिटीको तेस्रो बैठकले अध्यक्ष केपी