बाँदर धपाउन कृषकलाई उपकरण « Khabarhub

बाँदर धपाउन कृषकलाई उपकरण


८ श्रावण २०७७, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खोटाङ- दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका कृषकलाई बाँदर धपाउने उपकरण उपलब्ध गराइएको छ । सोल्मास्थित कृषि सहकारी संस्थाले महावीर पुनद्वारा सञ्चालित राष्ट्रिय आविष्कार केन्द्र काठमाडौँबाट दश वटा उपकरण खरिद गरेर कृषक समूहलाई निःशुल्क उपलब्ध गराएको हो ।

किसानले लगाएको बालीनाली बाँदरले सखाप पार्न थालेपछि प्रतिवटा रु दुई हजार ५०० का दरले उपकरण खरिद गरेर कृषक समूहलाई उपलब्ध गराइएको सहकारी संस्थाका सचिव गङ्गाबहादुर विश्वकर्माले बताए। ‘वर्षेनी हुल बाँधेर आउने बाँदरले बालीनाली सखाप पारेपछि किसान हैरानीमा परेका छन्’, उनले भने, ‘बाँदरलाई तर्साएर धपाउन उपकरण प्रदान गरिएको हो ।’

हुलका हुल आउने बाँदरले घरमा राखिएको मकै तथा अन्य अन्नबालीसमेत बोकेर लान थालेपछि न्यूनीकरण गर्न उपकरण प्रदान गरिएको सचिव विश्वकर्माले जानकारी दिनुभयो । ‘युपिभिसी पाइपबाट निर्माण गरिएको उपकरणमा कारबाइड र पानीको मिश्रण राखेर पछाडिबाट लाइटरको सहायताले आगो लगाएर पड्काउने गरिन्छ’, उनले भने, ‘ठूलो आवाजमा पड्किँदा बाँदर तर्सेर भाग्ने गर्दछ ।’

स्याङ्जाका भूपेन्द्र कोइरालाले बाँदर आतङ्कबाट बच्न सो उपकरणको आविष्कार गर्नुभएको थियो । सहकारीले खरिद गरेर ल्याएको बाँदर धपाउन उपकरण गत शनिबार दिक्तेलस्थित हर्कपुरको फेदीमा दुई पटक परीक्षण समेत गरिएको थियो ।

जिल्लामै पहिलो पटक ल्याइएको बाँदर धपाउने उपकरण प्रयोगका लागि जिल्ला प्रशासन र जिल्ला प्रहरी कार्यालयलाई जानकारी गराइएको सहकारी संस्थाले जनाएको छ । सो प्रविधिको उपकरण सरल र सस्तो रहेको सहकारी संस्थाको दाबी छ ।

सोल्माको विभिन्न गाउँमा धेरै बाँदरले सताएपछि किसानलाई वडामार्फत प्राथमिकताका आधारमा निःशुल्क उपकरण प्रदान गरिएको जनाइएको छ । वडाका विभिन्न गाउँका किसानलाई यन्त्रको सुरक्षित प्रयोग गर्ने तरिकासमेत सिकाइएको सचिव विश्वकर्माले बताए ।

बाँदरले आतङ्क मच्चाएपछि जिल्लाका अधिकांश खेतीयोग्य जमिन बाँझो छाडिएका छन् । टुसाउँदै गरेका बिरुवादेखि पाकेर थन्क्याउन ठिक्क भएका बालीनालीसमेत बाँदरले विनाश गर्न थालेपछि किसानले खेती गर्न छाडेका हुन् । दश स्थानीय तह रहेको जिल्लामा बाँदर आतङ्क बढ्दै गएपछि उत्तरी क्षेत्रका स्थानीय बासिन्दाले वर्षेनी चन्दा सङ्कलन गरेर धपाउने गरेका छन् । बाँदर धपाउन हरेक घरका एक जना किसान अनिवार्य खट्नुपर्ने नियम बनाएर खाजा खर्चबापत स्थानीय बासिन्दाबाट चन्दा सङ्कलन गर्ने गरेका हुन् ।

बाँदर आतङ्कबाट मुक्ति पाउन जिल्लाका किसान जति पनि खर्च गर्न पनि तयार रहेका बाँदर नियन्त्रण तथा व्यवस्थापन समितिका अध्यक्ष दुर्गाप्रसाद घिमिरेले बताए । खेतबारीमा लगाइएको मकै, गहुँ, कोदो, अलैँची, आलु, धान, मास, दाल, करेला, सुन्तला, कागती, केरालगायतका बालीनाली सखाप बनाएर हैरान पारेपनि हालसम्म बाँदर नियन्त्रणको भरपर्दो विधि फेला परेको छैन ।

बाँदर आतङ्कले हैरान भएका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका किसानले गत फागुन २ गते कृषि सामग्रीसहित विरोध र्‍याली प्रदर्शन गरेका थिए । बाँदरपीडित किसानले बाँदर नियन्त्रणको भरपर्दो उपाय खोजी गर्न नगरपालिकासमक्ष माग गर्दै हलो, जुवा, दाँते र कोदालोसहित विरोध र्‍याली प्रदर्शन गरेका हुन् ।

प्रकाशित मिति : ८ श्रावण २०७७, बिहीबार  १० : ३७ बजे

बेपत्ता कर्मचारीमाथि कारबाही एक्सन सुरु, नार्कबाट सुरुवात

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले बेपत्ता रहेका कर्मचारी

भवनमै सीमित बैतडीको ट्रमा सेन्टर

दशरथचन्द– यहाँ निर्मित ट्रमा सेन्टर जनशक्ति अभावका कारण सञ्चालनमा आउन सकेको

‘१०० दिनमै सरकार उम्लियो, पाँच वर्षसम्ममा पोखिन्छ’

काठमाडौं– प्रतिनिधिसभामा प्रधानमन्त्री वालेन्द्र शाहले गत जेठ १७ गते नेपालले

‘सञ्चारसम्बन्धी कानुन, प्रेस स्वतन्त्रता र जिम्मेवार पत्रकारिताबारे राष्ट्रिय बहसको आवश्यकता’

काठमाडौं– नेपाल पत्रकार महासङ्घकी अध्यक्ष निर्मला शर्माले सञ्चारसम्बन्धी कानुन, प्रेस

सिक्टा सिँचाइ आयोजना समयमै सम्पन्न गर्न मन्त्री श्रेष्ठको निर्देशन

काठमाडौं– आर्थिक वर्ष २०६१/६२ देखि निर्माण सुरु भएको सिक्टा सिँचाइ