स्रोत नखुलेको २० लाख नगदसहित एक जना पक्राउ « Khabarhub

स्रोत नखुलेको २० लाख नगदसहित एक जना पक्राउ


८ श्रावण २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

सिरहा – सशस्त्र प्रहरीको टोलीले स्रोत नखुलेको २० लाख नगदसहित सिरहाबाट एक जनालाई पक्राउ गरेको छ ।

सीमा सुरक्षा बल लगदीगदियानीबाट खटिएको टोलीले सिरहा नगरपालिका १९ सोहरूवाबाट एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ परेका व्यक्ति सिरहाकै अर्नमा गाउँपालिका–४ लक्ष्मीपुर निवासी ३७ वर्षीय सुकदेव ठाकुर रहेको सशस्त्र प्रहरी बल, ७ नम्बर गण सिरहाका प्रहरी उपरीक्षक प्रवीण कँडेलले जानकारी दिए ।

भारततर्फबाट आउँदै गरेका ठाकुरलाई शङ्का लागेर चेकजाँच गर्दा सो रकम भेटिएपछि नियन्त्रणमा लिइएको प्रहरी उपरीक्षक कँडेलले बताए  । पक्राउ परेका ठाकुरलाई आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालयमा बुझाइएको छ ।

प्रकाशित मिति : ८ श्रावण २०७७, बिहीबार  ११ : ४७ बजे

भोटेकोशी बाढीले बगाएका नौ शव तनहुँमा भेटिए

दमौली : रसुवामा बुधबार आएको बाढीले बगाएर ल्याएका नौ वटा

भोटेकोशी-त्रिशूली वितन्‍डाको समयक्रमः तिब्बतमा बाढी पसेपछि नेपालमा भूकम्प, अरु के के भयो ?

काठमाडौँ – जल तथा ऊर्जा आयोगको सचिवालय अन्तर्गतको जलविज्ञान तथा

आज २०८३ साल भदौ ११ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ ११ गते बिहीबार सन् २०२६

भारतद्वारा नेपाललाई १० टन राहत सामग्री हस्तान्तरण

काठमाडौं– भारतले बाढी प्रभावित नेपालका लागि पहिलो चरणमा १० टन

रसुवा बाढी अपडेट : मृतकको संख्या १५७ पुग्यो, २८ प्रहरी अझै सम्पर्कविहीन

काठमाडाैं – रसुवामा आएको भीषण बाढीपछि २८ जना प्रहरी कर्मचारी