स्रोत नखुलेको २० लाख नगदसहित एक जना पक्राउ « Khabarhub

स्रोत नखुलेको २० लाख नगदसहित एक जना पक्राउ


८ श्रावण २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

सिरहा – सशस्त्र प्रहरीको टोलीले स्रोत नखुलेको २० लाख नगदसहित सिरहाबाट एक जनालाई पक्राउ गरेको छ ।

सीमा सुरक्षा बल लगदीगदियानीबाट खटिएको टोलीले सिरहा नगरपालिका १९ सोहरूवाबाट एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ परेका व्यक्ति सिरहाकै अर्नमा गाउँपालिका–४ लक्ष्मीपुर निवासी ३७ वर्षीय सुकदेव ठाकुर रहेको सशस्त्र प्रहरी बल, ७ नम्बर गण सिरहाका प्रहरी उपरीक्षक प्रवीण कँडेलले जानकारी दिए ।

भारततर्फबाट आउँदै गरेका ठाकुरलाई शङ्का लागेर चेकजाँच गर्दा सो रकम भेटिएपछि नियन्त्रणमा लिइएको प्रहरी उपरीक्षक कँडेलले बताए  । पक्राउ परेका ठाकुरलाई आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालयमा बुझाइएको छ ।

प्रकाशित मिति : ८ श्रावण २०७७, बिहीबार  ११ : ४७ बजे

मासुमा मात्रै होइन शाकाहारी भोजनमा पनि पर्याप्त प्रोटिन पाइन्छ 

काठमाडौं– हिजोआज कसरत गर्ने व्यक्तिहरू ‘प्रोटिन सेक, प्रोटिन पाउडर’ किनेर

दुर्गमको ‘लालझाडी’ सडक पूर्वाधार विकासले सुगम बन्दै

कञ्चनपुर– जिल्लाको दुर्गम क्षेत्रका रूपमा परिचित लालझाडी गाउँपालिका पछिल्ला वर्षहरूमा

विद्यालयको मनपरीविरुद्ध आन्दोलन गर्न अभिभावकलाई शिक्षामन्त्री पुनको आग्रह

काठमाडौं – शिक्षामन्त्री महावीर पुनले विद्यालयको मनपरीविरुद्ध अभिभावकले आन्दोलन गर्नुपर्ने

काठमाडौंमा मनाइयो ‘विश्व ध्यान दिवस’ (तस्बिरहरू)

काठमाडौं– संयुक्त राष्ट्रसंघको घोषणाअनुसार आज विभिन्न कार्यक्रमको आयोजना गरी ‘विश्व

कागती बिक्री नभएपछि रस र चुक बनाइँदै

स्याङ्जा– स्याङ्जामा उत्पादित कागती बिक्री नभएपछि किसानले विकल्पको खोजी गरेका