गर्मीमा दही खानुहोस्, यी चार खानेकुरासँग नमिलाउनुहोस् « Khabarhub

गर्मीमा दही खानुहोस्, यी चार खानेकुरासँग नमिलाउनुहोस्


८ श्रावण २०७७, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

प्रशस्त क्याल्सियम तथा ल्याटिक एसिड पाइने भएकाले दही स्वास्थ्यका लागि निकै राम्रो मानिन्छ । स्वाद र स्वास्थ्यका लागी मात्र होइन दहिको उपयोगीता गर्मीमा शितलता दिने पनि रहेको छ ।

त्यसैले गर्मी मौसममा दहीको खपत अन्य मौसमको तुलनामा अत्यधिक रहने गर्दछ । दहीबाट मोहि, लस्सि बनाएर पिउँदा यसले निकै शितलता प्रदान गर्दछ । यस अलावा दहिलाई लगभग सबै परीकारमा मिसाएर खान सकिन्छ । यो स्वास्थ्यका लागी निकै उपयोगी हुन्छ । तर दहीलाई निम्न चिजसँग मिसाएर खायो भने समस्या उत्पन्न हुन्छ ।

१. आँप र दही

भुलेर पनि आँप र दही एकसाथ खानु हुँदैन । यि दुबैमा विपरीत गुण हुन्छ । दहीले शितलता प्रदान गर्दछ । तर आँपले गर्मी गराउँछ । तसर्थ दुबै एकसाथ सेवन गर्दा शरीरमा टक्सिन बन्ने गर्दछ ।

२. चीज र दही
चीज र दही एकसाथ खादाँ यसले शरीरमा नकारात्मक असर पार्दछ । दुबैलाई एकसाथ खान आयुर्वेदले समेत वर्जित गरेको छ ।

३. केरा र दही
दही, चिउरा र केरा मिसाएर खाने नेपाली परम्परा रहेको छ । तर यसरी दही र र केरा एकसाथ खादाँ पेट घोच्ने, पोल्ने समस्या हुने गर्दछ ।

४. मासको दाल र दही
हुनत श्राद्धमा मासको दाल र दही एकसाथ खाने गरिन्छ । तर मासको दाल र दही एकसाथ खानु हानिकारक हुन्छ । यो एकसाथ खादाँ शरीरमा आलस्यता बढ्ने गर्दछ ।

दही खादाँ सकेसम्म दही मात्र खानु पर्दछ । यसमा अन्य कुरा मिसाउनु हुदैन । अन्यथा फाइदाको साटो नोक्सान हुनसक्छ । गर्मीमा दहीको सेवन अत्यन्त फाइदाजनक हुन्छ ।

प्रकाशित मिति : ८ श्रावण २०७७, बिहिबार  १० : २५ बजे

मनास्लु क्षेत्रमा पदयात्रा नगर्न प्रशासनको आग्रह

गोरखा – जिल्ला प्रशासन कार्यालय गोरखाले आगामी तीनदिन मनास्लु क्षेत्रमा

सोमपाल कामी बने ‘म्यान अफ द म्याच’

काठमाडौं – कर्णाली याक्सका कप्तान सोमपाल कामी नेपाल प्रिमियर लिग

कर्णालीले विराटनगरलाई हराउँदा मैदानमा जे देखियो (तस्बिरहरू)

काठमाडौं – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा कर्णाली

कर्णालीको रोमाञ्चक जित, विराटनगर लगातार दोस्रो खेलमा पराजित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली

सोमपाल कामीले प्रहार गरे अर्धशतक

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सोमपाल कामीले नेपाल