गर्मीमा दही खानुहोस्, यी चार खानेकुरासँग नमिलाउनुहोस् « Khabarhub

गर्मीमा दही खानुहोस्, यी चार खानेकुरासँग नमिलाउनुहोस्


८ श्रावण २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

प्रशस्त क्याल्सियम तथा ल्याटिक एसिड पाइने भएकाले दही स्वास्थ्यका लागि निकै राम्रो मानिन्छ । स्वाद र स्वास्थ्यका लागी मात्र होइन दहिको उपयोगीता गर्मीमा शितलता दिने पनि रहेको छ ।

त्यसैले गर्मी मौसममा दहीको खपत अन्य मौसमको तुलनामा अत्यधिक रहने गर्दछ । दहीबाट मोहि, लस्सि बनाएर पिउँदा यसले निकै शितलता प्रदान गर्दछ । यस अलावा दहिलाई लगभग सबै परीकारमा मिसाएर खान सकिन्छ । यो स्वास्थ्यका लागी निकै उपयोगी हुन्छ । तर दहीलाई निम्न चिजसँग मिसाएर खायो भने समस्या उत्पन्न हुन्छ ।

१. आँप र दही

भुलेर पनि आँप र दही एकसाथ खानु हुँदैन । यि दुबैमा विपरीत गुण हुन्छ । दहीले शितलता प्रदान गर्दछ । तर आँपले गर्मी गराउँछ । तसर्थ दुबै एकसाथ सेवन गर्दा शरीरमा टक्सिन बन्ने गर्दछ ।

२. चीज र दही
चीज र दही एकसाथ खादाँ यसले शरीरमा नकारात्मक असर पार्दछ । दुबैलाई एकसाथ खान आयुर्वेदले समेत वर्जित गरेको छ ।

३. केरा र दही
दही, चिउरा र केरा मिसाएर खाने नेपाली परम्परा रहेको छ । तर यसरी दही र र केरा एकसाथ खादाँ पेट घोच्ने, पोल्ने समस्या हुने गर्दछ ।

४. मासको दाल र दही
हुनत श्राद्धमा मासको दाल र दही एकसाथ खाने गरिन्छ । तर मासको दाल र दही एकसाथ खानु हानिकारक हुन्छ । यो एकसाथ खादाँ शरीरमा आलस्यता बढ्ने गर्दछ ।

दही खादाँ सकेसम्म दही मात्र खानु पर्दछ । यसमा अन्य कुरा मिसाउनु हुदैन । अन्यथा फाइदाको साटो नोक्सान हुनसक्छ । गर्मीमा दहीको सेवन अत्यन्त फाइदाजनक हुन्छ ।

प्रकाशित मिति : ८ श्रावण २०७७, बिहीबार  १० : २५ बजे

मन्त्री लम्सालको छाउनीस्थित वीरेन्द्र अस्पतालमा उपचार हुँदै

काठमाडौं – स्वास्थ्यमा समस्या देखिएपछि पूर्वाधार विकासमन्त्री सुनिल लम्साललाई धनगढीबाट

घटबढ भएन पेट्रोलियम पदार्थको मूल्य, पाक्षिक घाटामात्रै ८१ करोड ३५ लाख

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राखेको

भोलिदेखि ग्यासको बिक्री–वितरण नियमित प्रक्रियाबाटै

काठमाडौं । नेपाल आयल निगमले भोलिदेखि सम्बन्धित उद्योगले नियुक्त गरेका

देउवाको स्वागतमा प्रयोग भएका गाडी र मोटरसाइकललाई ट्राफिकको कारबाही

काठमाडौं – नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा काठमाडौं फर्किँदा स्वागतमा

विजयपुर खोलाले बगाएका दुई बालक अझै बेपत्ता

कास्की – पोखराको विजयपुर खोला तर्ने क्रममा शनिबार दिउँसो बगेर