कीर्ते र ठगी मुद्दाका फरार व्यक्ति पक्राउ « Khabarhub

कीर्ते र ठगी मुद्दाका फरार व्यक्ति पक्राउ


८ श्रावण २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सरकारी छाप कीर्ते र ठगी मुद्दामा दोषी ठहर भई फरार हुँदै आएका एक व्यक्तिलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) को टोलीले पक्राउ गरेको छ ।

उच्च अदालत पाटनको विसं २०७० चैत १७ गतेको फैसलाले दोषी ठहर भई फरार हुँदै आएका ललितपुरको महाङ्काल बस्ने ४३ वर्षीय हरिशरण महतलाई बुधबार साँझ पक्राउ गरी आज फैसला कार्यान्वयनका लागि काठमाडौँ जिल्ला अदालतमा पेश गरिएको सिआइबीका प्रमुख प्रहरी नायब महानिरीक्षक सहकुलबहादुर थापाले जानकारी दिए ।

उक्त मुद्दामा उच्च अदालतको फैसलाले दुई वर्ष कैद तथा रु ३७ लाख ५० हजार जरिवाना हुने ठहर गरेको थियो । उनी ललितपुरको सातदोबाटोबाट पक्राउ परेको आज सआइबीले विज्ञप्तिमार्फत जनाएको छ ।

महतसमेतका व्यक्तिहरुले लोप्साङ लामा र निजकी श्रीमती च्यूङ्ताङ लामाको नाममा रहेको कठमाडौँ सीतापाईलास्थित कित्ता नम्बर ८१८ को जग्गा मालपोत कार्यालय कलङ्कीका खरिदार भीमबहादुर राईसमेतको मिलोमतोमा सरकारी छाप कीर्ते गरी बिक्री गरेका थिए ।

उनीहरुले काठमाडौँ जिल्ला अदालतबाट जारी भएको अधिकृत वारेसनामालगायत अन्य कागजात नक्कली बनाई उक्त जग्गा सिन्धुपाल्चोकका कमलकुमार श्रेष्ठको नाममा नामसारी गराई कास्कीका प्रवीणमान श्रेष्ठलाई गफलतमा पारी रु ७५ लाखमा बिक्री गरेको जनाइएको छ । सोही कसुरमा संलग्न मालपोत कार्यालय कलङ्कीका भीमबहादुर राईलाई २०७४ सालमा नै पक्राउ गरेको थियो ।

प्रकाशित मिति : ८ श्रावण २०७७, बिहीबार  २ : ११ बजे

पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित

पोखरा (कास्की) । पोखरा विश्वविद्यालयको २६औँ साधारणसभाले आर्थिक वर्ष २०८३/८४

कास्कीबाट थापाका बाबु–छोरा बने कांग्रेस महाधिवेशन प्रतिनिधि

पोखरा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि एकै परिवारका बाबु–छोरा प्रतिनिधि

साउदीबाट यूएई फर्किए फ्लाई दुबईका घाइते पाइलट

काठमाडौँ । गत सेप्टेम्बर ३० मा दुबईबाट तेल अभिभका लागि

सरकारले संसद्‍लाई पूर्णरूपमा उपेक्षा गर्‍यो : खुश्बु ओली

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्बु ओलीले सरकारले संसद्‍लाई

गुल्मीमा मात्रै खसीबोका विक्री कारोबार वार्षिक एक अर्ब

गुल्मी – राम्रो आम्दानी लिन सकिने भएपछि गुल्मीका किसान खसीबोका