कांग्रेसद्वारा कोरोना र बाढीपहिरोको क्षतिका विषयमा सरकारको ध्यानाकर्षण | Khabarhub Khabarhub

कांग्रेसद्वारा कोरोना र बाढीपहिरोको क्षतिका विषयमा सरकारको ध्यानाकर्षण


८ श्रावण २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले लकडाउन खुलेपछि कोरोना, बाढीपहिरोको क्षति लगायतका विषयमा पहिलोपटक सरकारको ध्यानाकर्षण गराएको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवाले आज प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर ध्यानाकर्षण गराएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।

पौडेलले विज्ञप्ति जारी गर्दै सभापति देउवाले संक्रमितको संख्या बीस हजार पुग्न लागेको र तीन दर्जन बढीको मृत्यु भएको स्थितिमा लक डाउन खुलेपछिको चुनौती सामना गर्न नयाँ र विशेष रणनीति निर्माणका लागि प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको उल्लेख गरेका छन् ।

सभापति देउवाले विदेशमा अप्ठ्यारोमा परेका नेपालीलाई उद्धार गर्ने काममा तिब्रता दिनपनि आग्रह गरेका छन् । देउवाले बाढी पहिरोका कारण भएको क्षतिका बारेमा समेत प्रधानमन्त्रीसँग छलफल गरेका छन् ।

पौडेलले जारी गरेको विज्ञप्तीमा भनिएको छ, ‘बाढी र पहिरोमा परेर देशका विभिन्न स्थानमा कयौंको मृत्यु, कयौं बेपत्ता र सयौं घरबार बिहिन भएको हुंदा सरकारले उद्धार, राहत र पुनर्स्थापनाका लागि युद्धस्तरमा कार्य गर्न सभापतिले आग्रह गर्नुभएको छ ।’

कोरोनाका कारण सिर्जना भएका चुनौतीहरुका कारण उब्जिएका विभिन्न क्षेत्रका असन्तुष्टि र आन्दोलनहरुले अघि सारेका जायज मागहरूलाई गम्भीरतापूर्वक लिएर सम्बोधन गर्न पनि सभापति देउवाले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको मुख्यसचिव पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति : ८ श्रावण २०७७, बिहीबार  २ : १८ बजे

माओवादीको केन्द्रीय कमिटी भङ्ग, प्रचण्डकै प्रस्तावअनुसार मंसिरमा विशेष महाधिवेशन

काठमाडौं- नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समिति भङ्ग गरिएको छ

सञ्चारमन्त्री खरेलसँग ‘एनआरएनए’ प्रतिनिधिमण्डलको भेट

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलसँग गैरआवासीय नेपाली सङ्घ

उपराष्ट्रपति यादवसँग रुसी राजदूत नोभिकोभको शिष्टाचार बिदाइ भेट

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि रुसी महाङ्घका राजदूत एलेक्सी

सेवा विस्तार गर्दै जीपी कोइराला अस्पताल

दमौली– तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित जीपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा