नुहाउने क्रममा खोलाले बगाएर अर्घाखाँचीमा एकजनाको ज्यान गयो « Khabarhub

नुहाउने क्रममा खोलाले बगाएर अर्घाखाँचीमा एकजनाको ज्यान गयो


८ श्रावण २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बुटवल – नुहाउने क्रममा खोलाले बगाउँदा अर्घाखाँचीमा १ जनाको मृत्यु भएको छ । अर्घाखाँचीको  शीतगंगा–१४ का ५८ वर्षीय कर्णबहादुर दर्जीलाई स्थानीय बाणगंगा खोलामा नुहाउँदा बगाएको हो ।

नुहाउन गएका दर्जीलाई खोलाले बगाएर धेरै तल पुर्याएको र कपिलवस्तु बाणगंगा ८ मधुवन नजिकै खोलाको किनारमा प्रहरी र स्थानीयले आज बिहान उनको शव फेला पारेको प्रहरीले जनाएको छ ।

बुधबार दिउँसो खोलाले दर्जीलाई बगाएपछि अर्घाखाँचीको सिमलपानी प्रहरी चौकीका प्रहरी जवान र स्थानीयले खोजी कार्यलाई तिव्र पारेका थिए । तर दर्जीलाई खोलाले बगाएर धेरै टाढा लगेपछि ईप्रका पिपराको प्रहरी टोलीले मधुवन नजिकै खोलाको किनारमा शव फेला पारेको हो ।

शवलाई अहिले पोष्टमार्टमका लागि जिल्ला अस्पताल तौलिहवा पठाइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।

प्रकाशित मिति : ८ श्रावण २०७७, बिहीबार  २ : २९ बजे

पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित

पोखरा (कास्की) । पोखरा विश्वविद्यालयको २६औँ साधारणसभाले आर्थिक वर्ष २०८३/८४

कास्कीबाट थापाका बाबु–छोरा बने कांग्रेस महाधिवेशन प्रतिनिधि

पोखरा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि एकै परिवारका बाबु–छोरा प्रतिनिधि

साउदीबाट यूएई फर्किए फ्लाई दुबईका घाइते पाइलट

काठमाडौँ । गत सेप्टेम्बर ३० मा दुबईबाट तेल अभिभका लागि

सरकारले संसद्‍लाई पूर्णरूपमा उपेक्षा गर्‍यो : खुश्बु ओली

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्बु ओलीले सरकारले संसद्‍लाई

गुल्मीमा मात्रै खसीबोका विक्री कारोबार वार्षिक एक अर्ब

गुल्मी – राम्रो आम्दानी लिन सकिने भएपछि गुल्मीका किसान खसीबोका