नुहाउने क्रममा खोलाले बगाएर अर्घाखाँचीमा एकजनाको ज्यान गयो « Khabarhub

नुहाउने क्रममा खोलाले बगाएर अर्घाखाँचीमा एकजनाको ज्यान गयो


८ श्रावण २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बुटवल – नुहाउने क्रममा खोलाले बगाउँदा अर्घाखाँचीमा १ जनाको मृत्यु भएको छ । अर्घाखाँचीको  शीतगंगा–१४ का ५८ वर्षीय कर्णबहादुर दर्जीलाई स्थानीय बाणगंगा खोलामा नुहाउँदा बगाएको हो ।

नुहाउन गएका दर्जीलाई खोलाले बगाएर धेरै तल पुर्याएको र कपिलवस्तु बाणगंगा ८ मधुवन नजिकै खोलाको किनारमा प्रहरी र स्थानीयले आज बिहान उनको शव फेला पारेको प्रहरीले जनाएको छ ।

बुधबार दिउँसो खोलाले दर्जीलाई बगाएपछि अर्घाखाँचीको सिमलपानी प्रहरी चौकीका प्रहरी जवान र स्थानीयले खोजी कार्यलाई तिव्र पारेका थिए । तर दर्जीलाई खोलाले बगाएर धेरै टाढा लगेपछि ईप्रका पिपराको प्रहरी टोलीले मधुवन नजिकै खोलाको किनारमा शव फेला पारेको हो ।

शवलाई अहिले पोष्टमार्टमका लागि जिल्ला अस्पताल तौलिहवा पठाइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।

प्रकाशित मिति : ८ श्रावण २०७७, बिहीबार  २ : २९ बजे

पूर्णबहादुर खड्काले भनेः अवैधानिक निर्णयविरुद्धको रिट फिर्ता भएको छैन

काठमाडौं – नेपाली कांग्रेसको आधिकारिकता गुमाएको समूहका कार्यवाहक सभापति पूर्णबहादुर

फिल्म ‘श्री बुकुरो : द होम कलिङ’ फागुन १ मा आउने

काठमाडौं – सुदीप भुपाल सिंहको निर्देशनमा बनेको फिल्म ‘श्री बुकुरो

माटोको ढिस्कोले पुरिँदा एक मजदूरको मृत्यु, एक घाइते

दाङ – लमही नगरपालिका–७ मा रहेको सम्राट सिमेन्ट उद्योगमा काम

उज्यालो पार्टीका अध्यक्ष कुलमान घिसिङ काठमाडौं–३ बाट उम्मेदवार बन्ने

काठमाडौं – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ काठमाडौं निर्वाचन

फ्ल्यागशिपस्तरको रेड्मी टाइटन मजबुतीसहित रेड्मी नोट १५ सिरिज नेपालमा सार्वजनिक

काठमाडौं- विश्वव्यापी प्रविधि कम्पनी शाओमीले नेपालमा आफ्नो रेड्मी नोट १५