क्षतिपूर्तिको माग गर्दै मृतक तीन बालकको शव उठाइएन « Khabarhub

क्षतिपूर्तिको माग गर्दै मृतक तीन बालकको शव उठाइएन


८ श्रावण २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा । स्थानीय सरकार, सीमसार व्यवस्थापन समिति र ठेकेदारको लापरवाहीले तीन जना बालकको ज्यान गएको भन्दै भद्रपुर २ का स्थानीयले विरोध गरेका छन् ।

भद्रपुर नगरपालिका २ स्थित निर्माणाधिन कमलधाप सीमसार क्षेत्रमा डुबेर स्थानीय अनिल तामाङका १० वर्षीय छोरा अंकुश तामाङ, सोही ठाउँका कमला थामीका छोराहरु १४ वर्षका करण थामी र उनका भाइ १२ वर्षका अर्जुन थामीको मृत्यु भएको थियो ।

तीन बालकको मृत्युको कारण स्थानीय सरकार, सीमसार व्यवस्थापन र ठेकेदारको लापरबाही भन्दै स्थानीयले शव उठाउन मानेका छैनन् ।

अंकुशको शव हिजो राति डुबिरहेको अबस्थामा फेला परेको थियो भने करण र उनका भाइ अर्जुनको शव आज फेला पारिएको हो ।

तालिमप्राप्त गोताखोरको सहयोगमा सीमसार क्षेत्रमा खनिएको पोखरीमा हिलोमा गाढिएको अवस्थामा ती दाजुभाइको शव बाहिर निकालिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता राकेश थापाले जानकारी दिए ।

सीमसारको नाममा पोखरी खनेर लथालिङ्ग पारेर छोडेपछि डुबेर बालकहरुको ज्यान गएको स्थानीयले आरोप लगाएका छन् । त्यस घटनाको जिम्मेवारी स्थानीय सरकार, सीमसार व्यवस्थापन समिति र ठेकेदारले लिनुपर्ने उनीहरुको माग छ ।

‘स्थानीय सरकार, सीमसार व्यवस्थापन समिति र ठेकेदारले घटनाको जिम्मा लिनुपर्छ’ समर थुलुङ राईले भने । क्षतिपूर्ति र कार्बाहीको माग गर्दै स्थानीयले नारावाजी गरेका छन् ।

हिजो दिउँसो खेल्न गएका ती बालकहरु सीमसारभित्र डुबेका थिए । खनेर लथालिङ्ग पारेर छोडिएको सो सीमसार घेरावारा गरिएको छैन । त्यहाँ रेखदेख गर्ने पनि कोही नरहेको जनाइएको छ ।

प्रकाशित मिति : ८ श्रावण २०७७, बिहीबार  ३ : २८ बजे

रास्वपाको आह्वानमा सर्वदलीय बैठक बस्दै, बाढीपछि उत्पन्न परिस्थितिबारे छलफल हुने

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा

‘थप ठूलो बाढी आउने हल्लामा सत्यता छैन’

काठमाडौँ : रसुवा र नुवाकोटमा थप ठूलो बाढी आउन लागेको

रसुवा बाढीबाट घाइतेको निःशुल्क उपचार प्रबन्ध गरेका छौँ : मुख्यमन्त्री थापा

भक्तपुर– बागमती प्रदेशको मुख्यमन्त्री किरण थापामगरले भोटेकोशी बाढीपहिरोका कारण घाइते

बिहीबारका लागि कुन विदेशी विनिमय दर कति ?

काठमाडौँ : नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहानैदेखि हेलिकप्टरमार्फत उद्धार जारी रहने

काठमाडौँ : रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण घाइते तथा