झापामा डुबान र पहिरोबाट १७ को मृत्यु | Khabarhub Khabarhub

झापामा डुबान र पहिरोबाट १७ को मृत्यु


८ श्रावण २०७७, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुरुङ्गा – वर्षायाम शुरु भएयता झापामा पहिरामा परेर र डुबेर १७ जनाले ज्यान गुमाएका छन् । गत महिनाको असार १० गतेयता जिल्लाका विभिन्न नदी तथा तलाउमा डुबेर १७ जनाले ज्यान गुमाएका हुन् भने दुई बालक अझैं बेपत्ता छन् ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार बुधबार मात्रै डुबेर एक बालकसहित तीन जनाको मृत्यु भएसँगै झापामा मृत्यु हुनेको सङ्ख्या १७ पुगेको हो । बुधबार राति ८ बजे भद्रपुर नगरपालिका– २ निवासी अनिल तामाङका १० वर्षीय छोरा अङ्कुश तामाङको डुबेर मृत्यु भएको थियो ।

दिउँसो घरबाट खेल्न निस्किएका उनी रातिसम्म घर नफर्किएपछि खोजीगर्ने क्रममा नयाँ सीमसार क्षेत्रमा राति डुबिरहेको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिए ।

उनीसँगै खेल्न गएका सोही ठाउँका कमला थामीका छोरा १४ वर्षका करण र उनका भाई १२ वर्षका अर्जुन बेपत्ता भएका छन् । राति २ बजेसम्म खोजी गर्दा उनीहरु नभेटिएको सीमा प्रहरीचौकी पृथ्वीनगरले जनाएको छ । आज बिहानदेखि पुनः उनीहरुको खोजी कार्य शुरु गरिएको जनाइएको छ ।

त्यस्तै बुधबार साँझ.५.३० बजे दमक नगरपालिका २ स्थित रतुवा खोलाको किनारमा इलाम चुलाचुली गाउँपालिका– ५ बस्ने ४५ वर्षीय राम केरुङ मृत फेला परेका छन् । त्यस्तै साँझ ७ बजे झापा गाउँपालिका– ६ निवासी ६५ वर्षीया हरिमाया सार्की घरपूर्व रहेको बाँसघारीमा मृत फेला परेकी छन् ।

निगुरो टिपेर फर्कने क्रममा खेतको आलीबाट लडेर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक थापाले बताए । त्यस्तै देउनीया खोलाले बगाएर भद्रपुर– २ का ५० वर्षीय कुमार गजमेरको मृत्यु भएको छ । उनलाई साउन ६ गते खोलाले बगाएको थियो ।

मेचीनगर– ९ का १५ वर्षीय विवेक दर्नाललाई वुद्धशान्ति गाउँपालिका ७ मोतिडाँडामा आफन्तको घरमा पाहुना आएका बेला घरमाथिबाट खसेको पहिरोले पुर्दा मृत्यु भएको हो । हिले खोलाले बगाउँदा अर्जुनधारा– ११ तीन पैनीकी ३ वर्षीया बालिकाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा ऋषि मुर्मू रहेकी छिन् । उनको साउन १ गते मृत्यु भएको हो । टाङटिङ खोला तर्ने क्रममा खोलाले बगाउँदा अर्जुनधारा– २ साकेलाका ६० वर्षीय फत्तेबहादुर बस्नेतको मृत्यु भएको हो । घर नजिकैको खहरे खोलाले बगाउँदा कचनकवल– ३ निवासी ३५ वर्षीय किलु टुडूको मृत्यु भएको छ ।

भद्रपुर– २ का ७ वर्षीय बालकको असार २८ गते सेफ्टी ट्याङ्कीमा डबेर मृत्यु भएको छ । त्यस्तै भद्रपुर– ३ का ३३ वर्षीय हिरण राईको मेची खोलामा डुहाउने क्रममा खोलाले बगाएर मृत्यु भएको हो । उनलाई मेची खोलाले असार २७ गते बगाएको थियो ।

उनको शव कचनकवल ५ वागाडाँगी नजिकै खोला किनारमा असार ३० गते फेला परेको थियो । विरिङ खोलाले बगाउँदा झापा गाउँपालिका– ५ का २५ वर्षीय राजेश गणेशको मृत्यु भएको छ । छिमेकीको मलामी गएको बेला खोलामा नुहाउन पसेका बेला उनलाई खोलाले बगाएको थियो ।

उता कमल गाउँपालिका– ५ टुक्रेका ३५ वर्षीय पुष्प राईको रतुव र चाजु खोलाको दोभानमा आएको बाढीले बगाएर मृत्यु भएको छ । घर नजिकै कुलोमा जमेको पानीमा डुबेर झापा गाउँपालिका –७ रमितेका ३६ वर्षीय नरबहादुर पुलामी मगरको मृत्यु भएको हो । उनको असार १५ गते मृत्यु भएको थियो ।

यता शिवसताक्षी नगरपालिका– ८ का ३ वर्षीय बालक कुमार विष्टको घर नजिकै कुलोमा डुबेर मृत्यु भएको हो । उनको असार १२ गते निधन भएको थियो भने बाह्रदशी गाउँपालिका–७ कञ्चनबारीका डेढ वर्षीया बालिका अनुषा टुडूको कुलोमा डुबेर मृत्यु भएको छ । उनको असार १० गते मुत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रकाशित मिति : ८ श्रावण २०७७, बिहीबार  ४ : २९ बजे

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८२ साल जेठ २ गते शुक्रबार। जेठ

आज २०८२ साल जेठ २ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८२ साल जेठ २ गते शुक्रबार। जेठ

वातावरणीय महत्वबारे विश्वको ध्यानाकर्षण गराउन सगरमाथा संवाद आयोजना : प्रधानमन्त्री

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालका हिमाल र पहाडका

‘के घर के डेराः घर नं २’को गीत सार्वजनिक (भिडियो)

काठमाडौं – चलचित्र ‘के घर के डेराः घर नं २’को

काठमाडौंबाट चोरी भएको माइक्रोबस धादिङमा भेटियो

काठमाडौं – पार्किङमा राखेको अवस्थामा काठमाडौँबाट माइक्रोबस चोरी भएको छ