कोरोनाको जोखिम टरेको छैन, चाडपर्व घरमै बसेर मनाउनू : स्वास्थ्य मन्त्रालय « Khabarhub

कोरोनाको जोखिम टरेको छैन, चाडपर्व घरमै बसेर मनाउनू : स्वास्थ्य मन्त्रालय


८ श्रावण २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चाडपर्व घरमै बसेर मनाउन आम जनसमुदायमा अपिल गरेको छ ।

लकडाउन खोले पनि संक्रमण नघटेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए । उनले नेपालीहरुको धार्मिक तथा सांस्कृतिक चाडपर्व शुरु भएको भन्दै घरमै बसेर यस्ता चाडपर्व मनाउन आग्रह गरेका छन् ।

उनले भने, ‘चाडपर्वहरु आफ्नै घरमा भिडभाड नगरी मनाउन तथा चाडपर्व मनाउँदा अनावश्यक भिडमा नजान अनुरोध छ।’

उनले चाडपर्व मनाउँदा कोरोनाबाट बच्ने सबै उपाय अपनाउन पनि आग्रह गरेका छन् ।

‘यो महिना धेरै धार्मिक र सांस्कृतिक हिसाबले पनि धेरै चाडपर्व भएको महिना भएकाले भिडभाड हुने सम्भावना भएको महिना हो,’ डा गौतमले भने, ‘सबैले चाडपर्व मनाउँदा कोभिडबाट बच्न अपनाउनुपर्ने सावधानीहरु बुझ्न र पालना गर्न जरुरी हुन्छ ।’

लकडाउन खुकुलो भएका अन्य देशहरुमा कोरोना संक्रमितको संख्या झनै बढ्न थालेको पनि डा गौतमले बताए । उनले पाहुना बोलाउने तथा धार्मिक कार्यका लागि समुदायमा सामेल नहुन पनि आग्रह गरे ।

‘घरमा पाहुना बोलाउने जमघट गरेर रमाइलो गर्ने वा आस्थाका आधारमा धार्मिक समारोहमा सामेल हुने समय भैसकेको छैन,’ डा गौतमले भने, ‘बाहिर हेरेर कसलाई कोभिड संक्रमण छ वा छैन भन्न गाह्रो हुने भएकाले सकेसम्म भिडमा सामेल नहोऔं ।’

उनले नेपालमा कोरोना संक्रमणको जोखिम कायमै रहेको दोहोर्‍याए । उनले अत्यावश्यक काम पर्दा मात्र घर बाहिर निस्किन आग्रह गरे ।

उनले सुगर, दम, श्वासप्रश्वास, मुटु, मिर्गौला लगायत  विभिन्न दीर्घ रोगका समस्या भएका बिरामीहरु कोरोनाको बढी जोखिम हुने भएकाले उनीहरुको विषेश हेरचाह गर्न पनि आग्रह गरेका छन् ।

उनले दीर्घ रोगी, बालबालिकासहित सबैले कोरोना नियन्त्रणको उपाय अपनाउनुपर्ने पनि बताए । उनले सार्वजनिक स्थल तथा पसलमा किनमेल गर्न जाँदा मास्क लगाएर मात्र जान पनि आग्रह गरे ।

उनले समय-समयमा साबुनपानीले हात धुने वा स्यानिटाइजर प्रयोग गर्ने, हात नमिलाउने, सामाजिक दूरी कायम गर्ने लगायतका सावधानी अपनाउन पनि आग्रह गरे ।

प्रकाशित मिति : ८ श्रावण २०७७, बिहीबार  ५ : २५ बजे

स्वास्थ्य मन्त्रालयको प्रशासनिक संरचना एकीकृत गरिँदै, सचिव देवकोटा नयाँ कार्यकक्षमा स्थानान्तरण

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले प्रशासनिक समन्वय र सेवा

बालेनको मन्त्रिपरिषद्ले सुनसरी तनावबारे एक शब्द बोलेन, सरकारका प्रवक्ता पनि पत्रकारलाई छल्दै बाटो लागे

काठमाडौं- गत आइतबारदेखि सुनसरीको देवानगञ्जबाट सुरू भएको दुई समुदायबीचको तनावपछि

९ वटा विधेयक संघीय संसदमा पेश गर्न मन्त्रिपरिषद्ले दियो स्वीकृति

काठमाडौं– विभिन्न ९ वटा विधेयकलाई संघीय संसदमा पेश गर्न मन्त्रिपरिषद्ले

यी हुन् मन्त्रीपरिषद्का चार निर्णय

काठमाडौं– सरकारले विभिन्न कानुन संशोधन तथा नयाँ विधेयक संसद्मा पेश

बाँके राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ५१ पुग्यो

नेपालगञ्ज– बाँके राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ५१ पुगेको छ । राष्ट्रिय बाघ