पूर्वडीआइजी कोइरालालाई जेलमुक्त गराउने फैसलाविरूद्ध सर्वोच्चमा पुनरावलोकन निवेदन दर्ता « Khabarhub

पूर्वडीआइजी कोइरालालाई जेलमुक्त गराउने फैसलाविरूद्ध सर्वोच्चमा पुनरावलोकन निवेदन दर्ता


८ श्रावण २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पूर्वडीआइजी रञ्जन कोइरालालाई जेलमुक्त गराउने सर्वोच्च अदालतको फैसलाविरूद्ध सरकारी वकिलले पुनरावलोकन निवेदन दर्ता गरेका छन् ।

पत्नी हत्याको अभियोगमा ८ वर्ष जेल बसेर कोइराला बिहीबार जेलमुक्त भएकै दिन सर्वोच्चको उक्त फैसला पुनरावलोकनको माग गर्दै सर्वोच्चमै निवेदन दर्ता भएको हो ।

महान्यायाधिवक्ताको कार्यालयले फैसला पुनरावलोकनका लागि निवेदन दिने निर्णय गरे अनुसार सरकारी वकिलले बिहीबार फैसला पुनरावलोकनको निवेदन दर्ता गराएका हुन् ।

महान्यायाधिवक्ता अग्नि खरेलका अनुसार कोइरालाको सजाय घटाउने सर्वोच्चको फैसला चित्त नबुझेपछि सरकारी वकिलले पुनरावलोकन निवेदन दिएका हुन् ।

प्रधानन्यायाधीश चालेन्द्र शमसेर जबरा र न्यायाधीश तेजबहादुर केसीको संयुक्त इजलासले पूर्वडीआईजी कोइरालालाई यसअघिको सर्वस्वसहित जन्मकैदको फैसला उल्ट्याई आठ वर्ष ६ महिना सजाय कायम गरेको थियो । सोही फैसलाका आधारमा कोइराला बिहीबार छुटेका थिए।

कोइरालाले पत्नी गीता ढकाल कोइरालाको हत्या गरी बोरामा राखेर मकवानपुरको टिस्टुङमा लगेर जलाएका थिए । सोही अभियोगमा उनी जेल परेका थिए ।

प्रकाशित मिति : ८ श्रावण २०७७, बिहीबार  ७ : २४ बजे

एमालेबाट काठमाडौं क्षेत्र नं ५ मा ईश्वर पोखरेल उम्मेदवार

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले काठमाडौँ क्षेत्र नं ५

कांग्रेसले टुङ्ग्यायो यी ३४ निर्वाचन क्षेत्रको उम्मेदवार

काठमाडौं – नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट सभापति बनेका गगनकुमार

सिरहामा ५३१ मतदान केन्द्र कायम, चार लाख ५३ हजार मतदाता

सिरहा– आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सिरहामा चार लाख ५३

मन्त्रालयले गर्‍यो मन्त्री खरेलको बिदाइ

काठमाडौं– सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आजै राजीनामा दिएका सञ्चार