बेलारूसको सीमा क्षेत्रमा आफ्नो उपस्थिती नरहेको नेटोको प्रष्टोक्ति | Khabarhub Khabarhub

बेलारूसको सीमा क्षेत्रमा आफ्नो उपस्थिती नरहेको नेटोको प्रष्टोक्ति


७ भाद्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – राष्ट्रपति एलेक्सान्डर लुकाशेन्कोले भनेजस्तो बेलारूसको सीमा क्षेत्रमा आफ्नो कुनै किसिमको उपस्थिती नरहेको नेटोले प्रष्ट्याएको छ ।

बेलारूसका राष्ट्रपति लुकाशेन्कोले नेटोलाई लक्षित आफ्नो देशको सीमा क्षेत्रमा विदेशी सेनाको तैनाथी बढेको बताएपछि अमेरिकासहित विभिन्न युरोपेली देशहरूको सैन्य गठबन्धन नेटोले उक्त आरोपको खण्डन गरेको हो ।

विगत २६ वर्षदेखि बेलारुसको सत्तामा रहँदै आएका एलेक्सान्डरले नेटो सेना आफ्नो देशमा अस्थिरता पैदा गरी अर्को राष्ट्रपति चयन गर्न उद्धत रहेको आरोप लगाएका छन् ।

सैन्य पोसाकमा सार्वजनिक हुँदै एलेक्सान्डरले पोल्याण्ड र लिथुवानियाका सेनाले आफूलाई तयारी अवस्थामा राखेको भन्दै बेलारुसी सेनालाई देशको पश्चिमी सीमा तर्फ पठाएको बताएका थिए ।

तर, नेटोले भने उक्त आरोप अस्वीकार गरेको छ । आफूबाट बेलारुस वा अरु कुनै देशलाई कुनै पनि प्रकारको चुनौती नरहेको नेटोले जनाएको छ ।

दुई साताअघि भएको चुनावको परिणामपछि बेलारुसमा प्रदर्शन हुँदै आएको छ । राष्ट्रपतिमा एलेक्सान्डर पुनः विजयी भएको घोषणा निर्वाचन आयोगले गरेपछि विपक्षीले चुनावमा धाँधली भएको भन्दै बेलारुसमा प्रदर्शन गर्दै आएका हुन् ।

प्रकाशित मिति : ७ भाद्र २०७७, आइतबार  ७ : २५ बजे

सभापति देउवाद्वारा यादवको निधनप्रति दुःख व्यक्त

काठमाडौं– नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले संविधानसभा सदस्य

संविधानसभा सदस्य यादवको निधन

बारा– संविधानसभा सदस्य रामअयोध्या यादवको निधन भएको छ । लामो

चुँदीरम्घामा भानुजयन्ती तीनदिन मनाइने

तनहुँ– आदिकवि भानुभक्त आचार्यको २१२औँ जन्मजयन्ती जन्मस्थल चुँदीरम्घामा विविध कार्यक्रमका

प्रि ओपन सेसन : साढे ७ अंकले बढ्यो नेप्से

काठमाडौं– साताको चौथो कारोबार दिन बुधबार प्रि ओपन सेसनमा नेपाल

एएफसी महिला कप छनोट : नेपाल र श्रीलङ्का खेल्दै

काठमाडौं– एएफसी महिला एसियन कप छनोट प्रतियोगिता अन्तर्गत आफ्नो दोस्रो