धुलिखेलमा प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन « Khabarhub

धुलिखेलमा प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन


७ भाद्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बनेपा – काभ्रेको धुलिखेलमा शनिबारदेखि प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला प्रयोगमा आएको छ ।

कोरोनाको संक्रमणदर बढ्दै गएको अवस्थामा सो रोगको परीक्षणका लागि स्थापना गरिएको प्रयोगशालाको अवस्थाबारेमा बागमती प्रदेश सामाजिक विकासमन्त्री युवराज दुलालले जानकारी लिए छ ।

सो क्रममा मन्त्री दुलालले काभ्रेपलाञ्चोकलगायत आसपासका जिल्लामा सेवा कार्यालय स्थापना गर्ने सरकारको नीतिअनुसार प्रादेशिक प्रयोगशाला धुलिखेलमा स्थापना गरिएको बताए ।

उक्त प्रयोगशालाबाट विभिन्न रोगको परीक्षण र पहिचान गर्न सकिने गरी काम अगाडि बढाइएको उनले बताए ।प्रादेशिक जनस्वास्थ्य कार्यालयका निमित्त जनस्वास्थ्य निर्देशक नारायण कार्कीले शनिबारदेखि परीक्षण मेशिन चलेको बताए ।

काभ्रेपलाञ्चोकलगायत सिन्धुपाल्चोक, दोलखा, रामेछाप, सिन्धुली र भक्तपुर जिल्लालाई समेट्ने गरी स्थापना भएको प्रयोगशालामा दैनिकरूपमा ५०० भन्दा बढीको परीक्षण गर्न सकिने कार्कीले बताए ।

प्रयोगशालामा सात जनशक्तिले सेवा दिने जनाइएको छ । मेशिन सञ्चालनमा आए पनि स्वाब परीक्षणका लागि नमूना सङ्कलन आजदेखि मात्रै हुने कार्कीले बताए ।

प्रकाशित मिति : ७ भाद्र २०७७, आइतबार  ७ : ४६ बजे

उत्तरी नाइजेरियामा सशस्त्र समूहको आक्रमण, ८७ जनाभन्दा बढी अपहरण

अबुजा- उत्तरी नाइजेरियामा शनिबारदेखि जारी सशस्त्र समूहको आक्रमणमा ८७ जनाभन्दा बढी

नेसनल मेडिकल कलेजका आवासीय चिकित्सकको आन्दोलनबारे संघद्वारा प्रधानमन्त्रीलाई पत्र

काठमाडौं– नेसनल मेडिकल कलेज शिक्षण अस्पतालमा कार्यरत प्रथम वर्षका आवासीय

मधेस प्रदेशको पहिलो पेफा मूल्याङ्कन प्रतिवेदन सार्वजनिक, समग्र प्राप्ताङ्क ‘डी प्लस’

काठमाडौं– मधेस प्रदेश सरकारले प्रदेशको सार्वजनिक वित्तीय व्यवस्थापन प्रणालीको मूल्याङ्कन

टिमुरेको टेलिफोन टावरमा सोलार प्रणाली जडान, डिजेल ढुवानीको बाध्यता हट्यो

काठमाडौं– रसुवाको टिमुरेमा डिजेल जेनेरेटरबाट सञ्चालन हुँदै आएको नेपाल टेलिकमको टेलिफोन

बाढीपहिरोले राष्ट्रिय विद्युत् प्रणालीमा १ हजार मेगावाट उत्पादन अवरुद्ध : ऊर्जामन्त्री

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले यस वर्षको बाढी