कुवेतमा जारी कर्फ्यू आगामी साता हट्ने, नेपालसहित ३१ देशको प्रतिबन्ध नहट्ने « Khabarhub

कुवेतमा जारी कर्फ्यू आगामी साता हट्ने, नेपालसहित ३१ देशको प्रतिबन्ध नहट्ने



दोहा – कोरोना भाइरसको संक्रमण बढेपछि कुवेत सरकारले विभिन्न चरणमा लगाएको कर्फ्यू हटाउने भएको छ ।

पाँच महिनादेखि लगाइएको कर्फ्यू आगामी साताबाट हटाइने कुवेत सरकारले जनाएको छ । यही अगष्ट ३० तारिख बिहान ३ बजेबाट कर्फ्यू हटाइए पनि नेपालसहितका विभिन्न ३१ मुलुकमाथिको प्रतिबन्ध भने कायमै रहने भएको छ ।

कुवेतले नेपालसहित ३१ वटा देशका नागरिकहरुलाई तत्कालका लागि कुवेत प्रवेश गर्न नदिने भएको छ ।

प्रतिबन्ध लगाइएका देशका नागरिकले निषेध नगरिएका मुलुकमा १४ दिन बसेर आएको खण्डमा भने कुवेत प्रवेशमा अनुमति दिइने जनाइएको छ ।

तर, प्रतिबन्ध लगाइएका ३१ देशहरूमा कोरोना नियन्त्रणको स्थितिलाई हेरेर हरेक १०/१० दिनमा प्रतिबन्ध हेरफेर गर्न सक्ने कुवेत सरकारले जनाएको छ ।

कुवेतमा कोरोना भाइरसको संक्रमणपछि जारी गरिएका विभिन्न खाले प्रतिबन्धले रोजगारी गुमाएका तथा कार्यअबधि पूरा गरेका नेपाली श्रमिक स्वदेश फर्कन सकेका छैनन् । कुवेतमा करिव ५० हजार नेपाली श्रमिक कार्यरत छन् ।

प्रकाशित मिति : ७ भाद्र २०७७, आइतबार  ८ : १६ बजे

रास्वपा केन्द्रीय समिति बैठक बस्दै, यस्ता छन् एजेण्डा

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक आज बस्दैछ

नवलपरासीमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

नवलपरासी– नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को विनयी त्रिवेणी गाउँपालिका–२ एस मोडस्थित

बाढीपछि उजाडियो सेतीवेणी, करोडौँको क्षति

पर्वत– असोज ८ गतेदेखि लगातार वर्षा हुने पूर्वसूचना पाए पनि

उडिरहेको जहाजमा चक्कु प्रहारबाट घाइते पाइलट स्मित मच्छरसँग भारतीय प्रधानमन्त्री मोदीको टेलिफोन संवाद

काठमाडौँ– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले फ्लाईदुबईका घाइते पाइलट क्याप्टेन स्मित

धादिङको फुर्केखोला वैकल्पिक सडक पाँच घण्टा बन्द हुने

धादिङ– पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका–२ स्थित फुर्केखोलाको पुल बगाएपछि