सुदूरपश्‍चिम प्रदेशका मुख्यमन्त्री भट्ट ‘सेल्फ क्वारेन्टाइन’मा « Khabarhub

सुदूरपश्‍चिम प्रदेशका मुख्यमन्त्री भट्ट ‘सेल्फ क्वारेन्टाइन’मा


७ भदौ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कैलाली- सुदूरपश्‍चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टका सवारी चालकमा कोरोना संक्रमण देखिएको छ ।

आइतबार सेती प्रादेशिक अस्पताल प्रयोगशालामा गरिएको परीक्षणमा मुख्यमन्त्रीका सवारी चालकमा कोरोना पुष्टि भएको हो ।

मुख्यमन्त्री निवासको गाडी चलाउँदै आएका २३ वर्षीय उनलाई सेती प्रादेशिक अस्पतालको आइसोलेशनमा राखिएको उनको सचिवालयले जनाएको छ ।

चालकलाई कोरोना पुष्टि भएपछि मुख्यमन्त्री भट्ट सेल्फ क्‍वारेन्टाइनमा बसेका छन् । उनी आफ्नै निवासमा सुरक्षित ढंगले सेल्फ क्वारेन्टाइनमा बसेको मुख्यमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

संक्रमित चालक मुख्यमन्त्रीसँगै उनको परिवारसहित केही दिनअघि डोटी पुगेर फर्किएको बताइएको छ ।

मुख्यमन्त्रीसहित परिवारका अन्य सदस्य र सम्पर्कमा आएका सबैको कोरोना परीक्षण गर्ने तयारी भएको छ ।

प्रकाशित मिति : ७ भदौ २०७७, आइतबार  ६ : ३७ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको